घर आँगनभरि मौरीका घार
घरको वरिपरि पूरै भित्ता मौरीका घारहरूले छोपिएका छन् । भित्तामा ठाउँ बाँकी नरहेपछि भान्छा, चर्पीको छत र बाटोसमेत लहरै घारहरूले भरिभराउ छन् ।
घरको वरिपरि पूरै भित्ता मौरीका घारहरूले छोपिएका छन् । भित्तामा ठाउँ बाँकी नरहेपछि भान्छा, चर्पीको छत र बाटोसमेत लहरै घारहरूले भरिभराउ छन् ।
३० जेठ, बैतडी । सानो र पुरानो घर, त्यही घरको वरिपरि पूरै भित्ता मौरीका घारहरूले छोपिएका छन् । भित्तामा ठाउँ बाँकी नरहेपछि भान्छा, चर्पीको छत र बाटोसमेत लहरै घारहरूले भरिभराउ छन् ।
यो दृश्य बैतडीको सुनर्या गाउँपालिका–७ छिडाको हो । स्थानीय प्रेमबहादुर विष्टको घर पुग्दा यस्तै दृश्य देख्न सकिन्छ ।
विष्टले विगत २५ वर्षदेखि परम्परागत घारहरूमा यसैगरी मौरीपालन गरिरहेका छन् ।
‘सुरुमा थोरै घारबाट मौरीपालनको सुरु गरेको हु गरेको हुँ । बढ्दै यहाँसम्म पुगे,’ विष्टले भने, ‘घरका भित्तामा घार राख्ने ठाउँ नपुगेपछि भान्छा, चर्पी, बाटो किनारसम्म पुग्यो ।’ त्यत्तिले पनि नपुगेर उनले घर नजिकैको भिरपाखातिर पनि मौरीका घार राखेका छन् ।
उनले आफूसँग अहिले झन्डै ७० घार मौरी रहेको बताए । जसबाट वार्षिक दुई क्विन्टल मह उत्पादन हुने उनी सुनाउँछन् । ‘मैले हाम्रो गाउँघरमा पहिलेदेखि चल्दै आएको घारमै मौरी पाल्छु । मौरी पनि यहीका स्थानीय जात नै हुन् । पूरै अर्गानिक,’ उनले भने ।
विष्टको परिवारमा आफूसहित श्रीमती र छोराछोरी गरी ६ जना छन् । घर मौरिपालनबाट चलेको उनी सुनाउँछन् । वर्षमा दुई पटक मह निकाल्ने गरेको उनी बताउँछन् ।
‘चैत–वैशाखको बीचमा एक पटक र कात्तिक–मंसिरमा दोस्रो पटक गरी दुई पटक मह निकाल्छु । एक पटक निकाल्दा एक क्विन्टलभन्दा बढी हुन्छ,’ विष्टले भने ।
आफूले उत्पादन गरेको महले सहजै बजार पाएको पनि उनले बताए । आफ्नो मह स्थानीय बजारदेखि जिल्ला बाहिर पनि निकासी हुने उनले बताए ।
पछिल्लो समय परम्परागत तरिकाबाट मौरीपालन गर्दा मौरी जोगाउन धौ–धौ परिरहेको उनको गुनासो छ । सबैभन्दा समस्या उनलाई मलसाप्रोले पारिरहेको छ ।
‘काठका मुडाबाट बनाइएका घारहरूमा मलसाप्रोले सजिलै मौरी खाइदिन्छ । बर्खामा चिसोबाट जोगाउन पनि कठीन हुन्छ,’ उनले भने ।
लामो समयदेखि मौरीपालन गर्दा आफूले कुनै निकायको सहयोग नपाएको उनले बताए । पछिल्लो समय आधुनिक मौरीपालन र केही प्राविधिक तथा व्यावसायिक दक्षता अभिवृद्धिका सहयोग पाए लिएर व्यवसाय बढाउने उनको चाहना छ ।
‘अहिलेसम्म तालिम र अनुदान केही लिएको छैन । सायद आफू कतै नधाएर पनि होला । कसैले तालिम र प्राविधिक सहायता दिए व्यावसाय बढाउँछु,’ उनले भने ।
📌 Kaynak
Bu özet Nepal kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →