सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

२ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन भुवन नगरकोटी ९-अन्डर ६३ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन् । पहिलो राउन्डको समाप्तीमा भुवनले तीन एमेच्योर गल्फरहरू सदभाव आचार्य, तेन्जिङ छिरिङ र नोर्बु छिरिङ शेर्पालाई ४ स्ट्रोकले पछि पारे । ५-अन्डर ६७ स्कोर गरेका…

२ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन भुवन नगरकोटी ९-अन्डर ६३ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन् ।

पहिलो राउन्डको समाप्तीमा भुवनले तीन एमेच्योर गल्फरहरू सदभाव आचार्य, तेन्जिङ छिरिङ र नोर्बु छिरिङ शेर्पालाई ४ स्ट्रोकले पछि पारे । ५-अन्डर ६७ स्कोर गरेका सदभाव, तेन्जिङ र नोर्बु संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् ।

४-अन्डर ६८ को स्कोरमा शुक्र बहादुर राई र तोरण विक्रम शाहीले पाँचौं स्थान बाँडे। यस्तै ३-अन्डर ६९ को स्कोर‌मा एमेच्योर वाङचेन ढोन्डुप तथा प्रोफेसनल खेलाडी निरज तामाङ, भुवन कुमार रोक्का, सुबाश तामाङ र दिनेश प्रजापति संयुक्तरुपमा सातौं स्थानमा रहे ।

साबिक विजेता एमेच्योर गल्फर राहुल विश्वकर्मा २-अन्डर ७० सहित १२औं र धन बहादुर थापा १-अन्डर ७१ सहित १३औं स्थानमा छन् ।

भुवनले सानदार प्रदर्शन गर्ने क्रममा बोगी रहित कार्ड तयार पारे । पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । यसपछि उनले ११औं, १३औं, १४औं र १५औं होलमा बर्डी प्रहार गरे भने ४ पारको १८औं होलमा इगलको सफलता प्राप्त गरे । ब्याक नाइन ६-अन्डर ३० मा सकाए ।

सदभावले दिनको सुरूवात बोगीबाट गरेपनि तेस्रो, सातौं र नवौं होलमा एक-एक सट बचाउँदै फ्रन्ट नाइनमा २-अन्डर ३४ खेले । यसपछि ११औं होलमा बोगी प्रहार गरे पनि १२औं होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १५औं र १८औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए ।

तेन्जिङले पहिलो होलमा बोगी खेपे। दोस्रो, तेस्रो र सातौं होलमा एक-एक सट बचाए। आठौं होलमा डबल बोगी खेले । लगतै नवौं होलको इगलले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। १०औं होलमा फेरि डबल बोगी खेपे लगतै ११औं होलमा दिनको दोस्रो इगल प्रहार गरे। यसपछि १२औं, १७औं र १८औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३३ खेले ।

नोर्बुले बोगीे रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । फ्रन्ट नाइनमा ३-अन्डर ३३ खेले । यसपछि १० औं होलमा बोगी खेपेका उनले ११औं, १५औं र १६औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३४ मा सकाए ।

सिजनको सर्वाधिक १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ४६ प्रोफेसनल र २२ एमेच्योर गरी ६८ खेलाडीले सहभागिताका जनाएका छन् । दोस्रो दिनको समाप्तीमा कट लागु हुनेछ। शीर्ष १८ प्रोफेसनल तथा सोहि कटमा पर्ने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान सुरक्षित गर्नेछन् ।

विजेताले उपाधिसँगै नगद ३ लाख २० हजार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । शनिबार प्रो-एम प्रतियोगिता हुनेछ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön