नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

२ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई पुर्पक्षका थुनामा पठाउने आदेश दिएको हो । पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा गौतम पनि जोडिएका थिए । तत्कालीन निर्देशक प्रदीप अधिकारीसहित गौतमविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान…

२ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन् ।

मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई पुर्पक्षका थुनामा पठाउने आदेश दिएको हो ।

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा गौतम पनि जोडिएका थिए । तत्कालीन निर्देशक प्रदीप अधिकारीसहित गौतमविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले अभियोग दायर गरेको थियो ।

गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न मागदाबीसहित अख्तियारले मुद्दा चलाएको थियो ।

अदालतले ठहरे बमोजिम हुने गरी गौतमलाई थुनामा राख्न आदेश दिएको हो ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön