प्युठानमा विद्यालयबाट फर्किरहेका दुई बालक बाढीले बगायो

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

घटनामा एक बालकको मृत्यु भएको छ भने, अर्का बालक बेपत्ता भएका छन् ।

घटनामा एक बालकको मृत्यु भएको छ भने, अर्का बालक बेपत्ता भएका छन् ।

२ असार, प्युठान । प्युठानमा विद्यालयबाट फर्किरहेका दुई बालकलाई बर्खे बाढीले बगाएको छ । उक्त घटनामा एक बालकको मृत्यु भएको छ भने, अर्का बालक बेपत्ता भएका छन् ।

प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्किरहेका स्थानीय यामबहादुर खत्रीका दुई छोरा विमल र मिलनलाई बर्खे बाढीले बगाएको हो ।

घटनामा विमलको शव फेला परेको छ भने मिलन बेपत्ता रहेको स्थानीय महेश थापाले जानकारी दिएका छन् । उनको खोजी भइरहेको छ ।

थापाका अनुसार अकस्मात् आएको वर्षापछिको बाढीले दुवै जनालाई बगाएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön