‘चीनको बुझाइ छ- उनीहरूलाई क्षति पुर्‍याउनसक्ने शक्तिसँग नेपाल पनि सजग हुनुपर्छ’

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

पोखरा विमानस्थलको अनुसन्धान चिनियाँ सरकार लक्षित होइन भनेर बेइजिङलाई आश्वस्त पारेका छौँ ।

पोखरा विमानस्थलको अनुसन्धान चिनियाँ सरकार लक्षित होइन भनेर बेइजिङलाई आश्वस्त पारेका छौँ ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण परम्परागत कूटनीतिक औपचारिकतामा मात्र सीमित रहेन। भारत भ्रमणलगत्तै बेइजिङ पुगेका उनले बीआरआई अन्तर्गतका परियोजनाहरू किन अघि बढ्न सकेनन् भन्ने विषयमा प्रशासनिक अस्थिरता र संस्थागत क्षमताको अभावलाई औँल्याउँदै ‘आफ्नै संयन्त्रको कमजोरी‘ खुलेर स्विकारेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार अनुसन्धानलाई लिएर चीनको आशङ्का निवारण गर्नेदेखि लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा भारत र चीनबीच भएको मानसरोवर सम्झौतामाथि नेपालको कूटनीतिक नोट र चीनको जवाफसम्मका गम्भीर विषयमा यसपटक बेइजिङमा महत्त्वपूर्ण छलफल भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको सम्बन्धदेखि आगामी ५ वर्षभित्र नेपाल-चीन आर्थिक एकीकरणको मार्गचित्रसम्मका विविध विषयमा चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले बेइजिङमा गरेको विस्तृत संवाद :

चीन भ्रमणका औपचारिक कार्यक्रमहरू लगभग सकिने चरणमा छन्। यो भ्रमणलाई तपाईंले समग्रमा कसरी लिनुभएको छ ?

मेरो दृष्टिकोणबाट हेर्दा यो भ्रमणका दुईवटा मुख्य उद्देश्य थिए । पहिलो, नेपालमा चुनावपछि नयाँ सरकार बनेपछि दुईपक्षीय उच्चस्तरीय भ्रमणको सुरुवात गर्ने र त्यसमार्फत दुई देशको सम्बन्धलाई बलियो बनाउने । दोस्रो, नयाँ सरकार आइसकेपछि हाम्रा आफ्नै प्राथमिकताका विषयहरू छन्, त्यसका बारेमा चिनियाँ पक्षलाई जानकारी गराउने।

साथै, उहाँहरूको चासो र चिन्ता रहेका विषयहरूमा नेपाल सरकारको जुन परम्परागत परराष्ट्र नीति छ, विशेष गरी चीनको सन्दर्भमा, त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्ने उद्देश्य पनि थियो। मलाई लाग्छ, अहिले भएका औपचारिक र अनौपचारिक भेटघाटहरूमार्फत एउटा सकारात्मक वातावरण बनाउन सफल भइएको छ।

‘जेन–जी’ आन्दोलनपछि बनेको नयाँ राजनीतिक नेतृत्वलाई चीनले तपाईं आउनुभन्दा अघिल्लो दिनसम्म पनि बुझ्ने कोसिस गरिरहेको जस्तो देखिन्थ्यो। यो सरकार के हो ? कस्तो खालको नेतृत्व हो ? यो कसरी आइरहेको छ ? चीनसँग कत्तिको नजिक हुने हो या टाढा हुने हो ? जस्ता विभिन्न संशयहरू थिए ! ती संशयलाई सम्बोधन गर्न यो भ्रमण कत्तिको फलदायी वा सार्थक भयो जस्तो लाग्छ ?

नेपालप्रति चिनियाँ सरकारको औपचारिक धारणा भनेको, नेपालमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि ‘हामी नेपालसँग मिलेर काम गर्न चाहन्छौँ र हाम्रो परम्परागत सम्बन्धको स्थिरता चाहन्छौँ’ भन्ने नै देखिन्छ।

पछिल्लो समय, राजनीतिक पार्टीको रूपमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनेदेखि नै मैले पार्टीको विदेश विभागको नेतृत्व गरिरहेको छु।

त्यो अर्थमा चिनियाँ पार्टीको संयन्त्रसँग हाम्रो निरन्तर छलफल, भेटघाट र भ्रमणहरूको आदानप्रदान हुने गरेकै थियो। त्यसैले हामी उहाँहरूका लागि एकदमै नयाँ पनि थिएनौँ, केही न केही सम्बन्धहरू बनिसकेका थिए।

त्यो सम्बन्ध घनिभूत भइसकेको थिएन होला, तर एक अर्थमा हामी परिचित अनुहार नै थियौँ। मलाई लाग्छ, बाहिर चर्

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön