पिन्टरेस्टमा साना व्यवसायका लागि २ नयाँ एआई विज्ञापन फिचर सार्वजनिक

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

पिन्टरेस्टले साना तथा मझौला व्यवसाय (एसएमबी) लाई आकर्षित गरी आफ्नो आम्दानी बढाउन एआईमा आधारित दुईवटा नयाँ विज्ञापन सुविधाहरू सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो विद्यमान 'पर्फोमेन्स प्लस' प्रविधिलाई थप परिमार्जन गर्दै 'पर्फोमेन्स प्लस न्यू कस्टमर एक्विजिसन' र शपिङ प्लेटफर्म शपिफाइका लागि 'वान-क्लिक पर्फोमेन्स प्लस शपिङ' फिचर ल्याएको हो। पहिलो फिचर 'पर्फोमेन्स प्लस एनसीए' ले विज्ञापनदाताहरूलाई नयाँ…

पिन्टरेस्टले साना तथा मझौला व्यवसाय (एसएमबी) लाई आकर्षित गरी आफ्नो आम्दानी बढाउन एआईमा आधारित दुईवटा नयाँ विज्ञापन सुविधाहरू सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो विद्यमान ‘पर्फोमेन्स प्लस’ प्रविधिलाई थप परिमार्जन गर्दै ‘पर्फोमेन्स प्लस न्यू कस्टमर एक्विजिसन’ र शपिङ प्लेटफर्म शपिफाइका लागि ‘वान-क्लिक पर्फोमेन्स प्लस शपिङ’ फिचर ल्याएको हो।

पहिलो फिचर ‘पर्फोमेन्स प्लस एनसीए’ ले विज्ञापनदाताहरूलाई नयाँ ग्राहकहरू खोज्न र उनीहरूमाझ पुग्न लाग्ने खर्चको बजेट नियन्त्रण गर्ने विशेष क्षमता दिन्छ। यस अन्तर्गत साना व्यवसायहरूले आफ्ना पुराना वा विद्यमान ग्राहकहरूको विवरण प्रणालीमा अपलोड गरी एआईका लागि नयाँ मापदण्ड तोक्न सक्छन्।

त्यसपछि पिन्टरेस्टको एआई प्रणालीले पुराना ग्राहकको रुचि र व्यवहारसँग मिल्दाजुल्दा नयाँ सम्भावित ग्राहकहरूलाई स्वचालित रूपमा पहिलो पटक विज्ञापन देखाउनेछ। पिन्टरेस्टका अनुसार यसको आन्तरिक परीक्षणका क्रममा नयाँ ग्राहक थपिने दर (कन्भर्सनस्) मा सरदर ६४ प्रतिशतले वृद्धि भएको देखिएको छ।

दोस्रो फिचर विशेष गरी इ-कमर्स साइट शपिफाइ प्रयोग गर्ने व्यापारीहरूका लागि ल्याइएको हो । यस ‘वान-क्लिक शपिङ’ प्रविधिको मद्दतले व्यापारीहरूले पिन्टरेस्टको ‘एड्स म्यानेजर’ वा सिधै शपिफाइ एकाउन्टबाट एउटै क्लिकमा नयाँ विज्ञापन क्याम्पेन सुरु गर्न सक्नेछन् ।

यसमा विज्ञापनका लागि आवश्यक पर्ने उत्कृष्ट सेटिङ र प्रविधिहरू डिफल्ट हुन्छन्। यस वर्षको पहिलो त्रैमासिकमा अपेक्षा गरेभन्दा कम आम्दानी भएपछि पिन्टरेस्टले साना व्यवसायी र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै यो नयाँ एआई विज्ञापन रणनीति अगाडि बढाएको हो ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön