फेसबुकमा ‘एआई मोड’ सर्च फिचर : ग्रुप र रिल्सका कमेन्ट खोजेर एआईले उत्तर दिने
मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताहरूका लागि एआइमा आधारित नयाँ सुविधाहरूको घोषणा गरेको छ। यसअन्तर्गत फेसबुकमा खोज्ने प्रक्रियालाई अझ उन्नत बनाउन 'एआई मोड'सहित तस्वीर र भिडियो एडीटिंगका लागि नयाँ एआई टुल्सहरू थपिएका हुन्। नयाँ सर्च प्रणालीमा समावेश गरिएको 'एआई मोड' ले मेटा एआईको प्रयोग गरी प्रयोगकर्तालाई वेब लिङ्कहरूको सूची देखाउनुको सट्टा सिधै विस्तृत उत्तर उपलब्ध गराउँछ ।…
मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताहरूका लागि एआइमा आधारित नयाँ सुविधाहरूको घोषणा गरेको छ। यसअन्तर्गत फेसबुकमा खोज्ने प्रक्रियालाई अझ उन्नत बनाउन ‘एआई मोड’सहित तस्वीर र भिडियो एडीटिंगका लागि नयाँ एआई टुल्सहरू थपिएका हुन्।
नयाँ सर्च प्रणालीमा समावेश गरिएको ‘एआई मोड’ ले मेटा एआईको प्रयोग गरी प्रयोगकर्तालाई वेब लिङ्कहरूको सूची देखाउनुको सट्टा सिधै विस्तृत उत्तर उपलब्ध गराउँछ । यो प्रणालीले फेसबुकका विभिन्न सार्वजनिक ग्रुप र रिल्समा मानिसहरूले गरिरहेका वास्तविक कुराकानी र अनुभवहरूलाई सङ्कलन गरी उत्तर तयार पार्छ ।
मेटाले यसअघि फेसबुक ग्रुपका कमेन्टहरूका आधारमा उत्तर खोज्न सहज होस् भनेर ‘फोरम’ नामक एउटा छुट्टै एप पनि सार्वजनिक गरिसकेको छ । अहिलेको यो नयाँ अपडेटमार्फत कम्पनीले रेडिटको जस्तै मानव-सञ्चालित ज्ञानको भण्डारलाई आफ्नै प्लेटफर्मभित्र प्रयोगमा ल्याउन खोजेको हो ।
यसका साथै फेसबुकमा तस्बिर र भिडियो सम्पादनका लागि पनि एआई क्षमताहरू थपिएका छन्। यसमा मोबाइलको क्यामेरा रोलमा रहेका पुराना तस्बिरहरू स्क्यान गरी स्वचालित रूपमा नयाँ भिडियो कोलाज वा ट्रान्जिसन इफेक्टसहितका पोस्टहरू तयार पार्ने सुविधा समावेश छ।
प्रयोगकर्ताले विगत एक महिनामा के-के गरे भन्ने कुरालाई एआईले स्वतः एउटा विधामा समेटेर पोस्टका लागि सुझाव दिनेछ। यो सुविधा पूर्ण रूपमा ऐच्छिक (अप्ट- इन् ) रहने र प्रयोगकर्ताले चाहेको खण्डमा मात्र एक्टिभ हुने कम्पनीले स्पष्ट पारेको छ।
फेसबुक स्टोरी र प्रोफाइलका लागि नयाँ फोटो प्रिपेटहरू पनि उपलब्ध गराइएको छ, जसको मद्दतले तस्बिरमा रहेका लुगाहरूलाई एआईमार्फत बदल्न सकिन्छ। उदाहरणका लागि, खेलकुद प्रशंसकहरूले ‘एडिट विथ एआई’ मा गएर ‘वयेर इट’ वा ‘वार्डरोब’ विकल्प चयन गरी आफ्नो फोटोमा भर्चुअल रूपमा कुनै पनि टिमको जर्सी लगाइदिन सक्छन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →