फोक्सिङटार पुल पु:ननिर्माणमा सरकारको बेवास्ता, पहल गर्दै गाउँपालिका

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

३ असार, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले सुनकोसीको फोक्सिङटार पुल पु:ननिर्माणका लागि पहल गर्ने निर्णय गरेको छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने फोक्सिङटार पुल पु:ननिर्माणका लागि संघीय सरकारले बजेट विनियोजन नगरेपछि गाउँपालिकाले पुल पु:ननिर्माणमा पहलकदमी थाल्ने निर्णय गरेको हो । खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने पुल २०८१ असोज १२…

३ असार, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले सुनकोसीको फोक्सिङटार पुल पु:ननिर्माणका लागि पहल गर्ने निर्णय गरेको छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने फोक्सिङटार पुल पु:ननिर्माणका लागि संघीय सरकारले बजेट विनियोजन नगरेपछि गाउँपालिकाले पुल पु:ननिर्माणमा पहलकदमी थाल्ने निर्णय गरेको हो ।

खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने पुल २०८१ असोज १२ गतेको बाढीले बगाएको थियो तर अझै पनि संघीय सरकारले पुल पु:ननिर्माणमा बेवास्ता गरेकाले अगुवाई गर्ने निर्णय गरिएको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए ।

खोटेहाङ गाउँपालिकाको सभाहलमा असार २ गते बसेको सर्वदलिय बैठकले गाउँपालिका अध्यक्ष राईको संयोजकत्वमा १५१ सदस्यीय पुल निर्माण पहल समिति गठन गरिएको छ ।

गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने फोक्सिङटारमा १२ वर्ष लगाएर बनाइएको पुल दुई वर्ष नवित्दै बाढीले बढाएको थियो । बाढीले १२० मिटर लामो पुलको बिचको ८० मिटर खण्ड बगाएको छ ।

हाललाई क्षतीग्रस्त पुलको त्यही बिच भाग पु:ननिर्माणका लागि पहल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । सुरुमा प्राविधिक अध्ययनसँगै बजेटको लागत अनुमान तयार गरिने छ ।

प्राविधि स्टीमेट तयार भएपछि जिल्लाका १० वटै पालिका, व्यवसायी, कर्मचारी लगायतसँग समन्वय गरेर बजेट जुटाइने गाउँपालिकाले जनाएको छ ।

फोक्सिङटारको पुल बाढीले बगाएपछि खोटाङको प्राकृतिक नाकाबन्दी पु:न दोहोरिएको छ । पु:न बेलिब्रिज राख्नु र झिक्नुपर्ने वाध्यता सिर्जना भएको छ ।

फोक्सिङटारमा पुल नहुँदा जिल्लाको बजारभाउ र विकास निर्माणमा प्रत्यक्ष असर परिरहेको छ । निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीले पुल निर्माण गरे पनि हस्तान्तरण गर्न बाँकी छँदै बाढीले क्षतीग्रस्त बनाएको हो ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön