दुई दिन बिदाले देश डुब्दैन, कमजोर व्यवस्थापनले डुबाउँछ

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

विश्वका धेरै देश 'चार दिन काम' को अभ्यासमा गइरहँदा नेपालमा किन दुई दिन बिदा पनि विवादित बन्छ ? समस्या बिदामा छ कि हाम्रो कमजोर व्यवस्थापन र परम्परागत कार्यशैलीमा ?

विश्वका धेरै देश ‘चार दिन काम’ को अभ्यासमा गइरहँदा नेपालमा किन दुई दिन बिदा पनि विवादित बन्छ ? समस्या बिदामा छ कि हाम्रो कमजोर व्यवस्थापन र परम्परागत कार्यशैलीमा ?

नेपालमा शनिबार र आइतबार दुई दिन बिदा लागू भएपछि फेरि पुरानै बहस नयाँ रूपमा फर्किएको छ। २३ चैत २०८२ देखि सरकारले सरकारी कार्यालयमा दुई दिन बिदाको व्यवस्था पुनः लागू गरेपछि यसको पक्ष वा विपक्षमा सार्वजनिक बहस चर्किएको छ।

लागू भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि समाचार, सामाजिक सञ्जाल र चिया-चौतारीमा प्रश्न घुमिरहेको छ- दुई दिन बिदा नेपालका लागि आवश्यक सुधार हो कि सेवा प्रवाह बिगार्ने निर्णय ? यो बहससँगै कति सही, कति अपुरा र कतिपय गलत सूचना तथा दाबीहरू पनि सामाजिक सञ्जालमा फैलिएका छन्।

नेपालमा दुई दिन बिदा नयाँ प्रयोग होइन। यसको इतिहास करिब तीन दशकभन्दा पुरानो छ। नेपालले पहिलो पटक २०४७ सालतिर अदालतहरूमा दुई दिन बिदाको प्रारम्भिक अभ्यास गरेको थियो। त्यसपछि २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको समयमा काठमाडौं उपत्यकामा ऊर्जा खपत घटाउने उद्देश्य सहित दुई दिन बिदा लागू गरिएको थियो। तर सार्वजनिक सेवा प्रवाहमा समस्या आएको भन्दै त्यो व्यवस्था एक वर्ष नपुग्दै हटाइयो।

त्यसपछि १ जेठ २०७९ देखि सरकारले बढ्दो इन्धन आयात खर्च घटाउने उद्देश्यले फेरि शनिबार र आइतबार बिदा दिने निर्णय गर्‍यो। तर तीव्र आलोचना, सेवा प्रवाहमा अव्यवस्था र तयारीको कमीका कारण १ असार २०७९ देखि त्यो निर्णय खारेज गरियो। अहिले २३ चैत २०८२ बाट पुनः लागू गरिएको व्यवस्था राष्ट्रिय प्रशासनिक अभ्यासका हिसाबले तेस्रो ठूलो प्रयास मान्न सकिन्छ; यद्यपि अदालतको २०४७ सालको प्रारम्भिक अभ्यासलाई अलग गन्दा यो चौथो चरण पनि हो।

यसपटक सरकारले हराएको कार्यदिनको क्षतिपूर्ति गर्न कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बनाएको छ। कागजमा हेर्दा यसले साप्ताहिक कामघण्टा धेरै नघटाउने देखिन्छ। तर बहस केवल सरकारी कर्मचारीले एक दिन बढी आराम पाए कि पाएनन् भन्नेमा सीमित हुनुहुँदैन।

मूल प्रश्न हो- हामीले कामलाई कसरी बुझ्छौं ? कर्मचारी कार्यालयमा कति घण्टा बस्यो भन्ने कुरा महत्त्वपूर्ण हो कि उसले नागरिकलाई कति प्रभावकारी सेवा दियो भन्ने कुरा महत्त्वपूर्ण हो ? लामो समय कुर्सीमा बस्नु नै उत्पादकत्व हो भन्ने पुरानो सोचबाट नेपाल बाहिर निस्कन तयार छ कि छैन ?

दुई दिन बिदाको पक्षमा सबैभन्दा बलियो तर्क ‘काम र जीवनको सन्तुलन’ हो। नेपालका धेरै कर्मचारी, शिक्षक, बैंक तथा वित्तीय क्षेत्रका कामदार, मिडियाकर्मी, निजी क्षेत्रका कर्मचारी, सुरक्षा गार्ड, होटल–रेस्टुरेन्टका श्रमिक र सेवा क्षेत्रमा काम गर्ने मानिसहरू लामो समय काम गर्छन्। श्रम ऐनले दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाको व्यवस्था गरे पनि व्यवहारमा ओभरटाइमको उचित भुक्तानी, नियमित बिदा, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थल अझै सबैका लागि सुनिश्चित छैन। यस्तो अवस्थामा दुई दिन बिदा आलस्य होइन, मानवीय जीवनका लागि आवश्यक विश्राम हो।

इतिहासले पनि यही भन्छ। सन् १८८६ (वि.सं. १९४३ वैशाखतिर) अमेरिकाको सिकागोस्थित हेमा

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön