जनयुद्धको इतिहास जोगाउन रुकुम-रोल्पामा सातौं गुरिल्ला म्याराथन सुरु

📌 Diğer 📰 Nepal 🕐 6 saat önce

३ असार, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिका को साझेदारीमा सातौं अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता बुधबार बिहान सुरु भएको छ । प्रतियोगिता बिहान ७ बजेर २० मिनेटमा भूमे–६ महतबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो। तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म सञ्चालन गरेको दशवर्षे ‘जनयुद्ध’का क्रममा छापामार हिँडेको ऐतिहासिक पदमार्गलाई संरक्षण गर्दै…

३ असार, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिका को साझेदारीमा सातौं अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता बुधबार बिहान सुरु भएको छ । प्रतियोगिता बिहान ७ बजेर २० मिनेटमा भूमे–६ महतबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो।

तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म सञ्चालन गरेको दशवर्षे ‘जनयुद्ध’का क्रममा छापामार हिँडेको ऐतिहासिक पदमार्गलाई संरक्षण गर्दै युद्ध पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेका सभामुख तुलाराम घर्ती मगरले संघीयता स्थापनाको आन्दोलनसँग जोडिएको रोल्पा-रुकुम क्षेत्रको ऐतिहासिक महत्व जोगाउन प्रतियोगिता महत्त्वपूर्ण बनेको बताए । उनले छापामार हिँडेको बाटोलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले गुरिल्ला म्याराथनलाई निरन्तरता दिइएको उल्लेख गरे ।

भूमे गाउँपालिकाका अध्यक्ष तथा पूर्वछापामार होम प्रकाश श्रेष्ठले जनयुद्धकालीन इतिहासलाई जोगाइराख्दै त्यसलाई पर्यटनसँग जोड्ने उद्देश्यले हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको बताए । उनका अनुसार छापामारले प्रयोग गरेको मार्गलाई खेलकुदमार्फत जीवित राख्ने प्रयासस्वरूप म्याराथनलाई निरन्तरता दिइएको हो ।

भूमे गाउँपालिका-६ महतबाट सुरु भएको प्रतियोगिता लाबाङ, घुरबाङ र रोल्पाको जलजला हुँदै थबाङ गाउँपालिकाको बसपार्कमा पुगेर समापन हुनेछ । महिला तथा पुरुष दुवै विधाका धावकहरूले ५२ किलोमिटर दूरी पार गर्नुपर्नेछ ।

छ वर्षअघि सुरु गरिएको प्रतियोगितामा यस वर्ष पनि महिला तथा पुरुषतर्फ समान पुरस्कार राशिको व्यवस्था गरिएको छ। प्रथम हुनेले ७५ हजार रुपैयाँ, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार तथा चौथो स्थान हासिल गर्नेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै पाँचौँदेखि दशौं स्थानसम्मका धावकलाई प्रोत्साहनस्वरूप जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

यस वर्ष प्रतियोगिता सञ्चालनका लागि दुई पालिकाले संयुक्त रूपमा करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। भूमे गाउँपालिका र थबाङ गाउँपालिकाले समान पाँच-पाँच लाख रुपैयाँ खर्च गर्ने भएका छन्। साथै, प्रतियोगिताभर सहभागी धावकका लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

पाँचौँ संस्करणसम्म भूमे गाउँपालिकाले एकल रूपमा प्रतियोगिता आयोजना गर्दै आएकोमा गत वर्षदेखि थबाङ गाउँपालिकाले समेत सहकार्य थालेपछि प्रतियोगिता संयुक्त रूपमा सञ्चालन हुँदै आएको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön