‘कांग्रेस नेताहरूले हामी मिल्यौं भनेर साझा वक्तव्य जारी गर्दैमा पार्टी ठूलो हुने होइन’
कांग्रेसको त्यो हार करिब स्वाभाविक थियो। पार्टीको पुरानो नेतृत्व अलोकप्रिय भइसकेको थियो। दुई महिनामै गगनले नेतृत्वप्रतिको विश्वास जोगाउन सक्ने अवस्था थिएन।
कांग्रेसको त्यो हार करिब स्वाभाविक थियो। पार्टीको पुरानो नेतृत्व अलोकप्रिय भइसकेको थियो। दुई महिनामै गगनले नेतृत्वप्रतिको विश्वास जोगाउन सक्ने अवस्था थिएन।
सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस यतिबेला सबैभन्दा गम्भीर मोडमा छ। २०१५ सालको निर्वाचनमा दुईतिहाइ सिट जितेको कांग्रेस २०८२ मा ३८ सिटमा खुम्चियो। निर्वाचनको पूर्वसन्ध्यामा विशेष महाधिवेशनमा गएको कांग्रेसको आन्तरिक विवाद सकिएको छैन। निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिए पनि हिजोको संस्थापन पक्षले चित्त बुझाएको छैन। २०४८ र २०५६ मा एकल बहुमत तथा २०७० र २०७९ मा सबैभन्दा ठूलो दल बनेको कांग्रेस सानो दलमा परिणत भइसक्दा पनि आन्तरिक कलह जारी छ।
पुरानो लोकतान्त्रिक दल कांग्रेस यो बिन्दुबाट कसरी अगाडि बढ्ला ? कांग्रेस सैद्धान्तिक डिपार्चरको सँघारमा पुगेको हो ? वा नेताहरूको कार्यशैलीमा सुधार गरे पुग्छ ? यिनै प्रश्नहरूको सेरोफेरोमा रहेर कांग्रेस राजनीतिलाई नजिकबाट नियालिरहेका प्राध्यापक कृष्ण खनालसँग अनलाइनखबरकर्मी सन्त गाहा मगर र केशव सावदले गरेको अन्तर्वार्ताः
यहाँले नियमित र विशेष महाधिवेशनको बहस चलिरहेको बेला गत असोजमा ‘यसपटक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेस कब्जा गर्नुपर्छ’ भन्नुभएको थियो। विशेष महाधिवेशनबाट गगन सभापति र विश्वप्रकाश उपसभापति बने। अहिले फर्केर हेर्दा कांग्रेसको यहाँसम्मको यात्रा कस्तो लागिरहेको छ ?
मैले ‘कब्जा’ भन्ने शब्द त्यतिखेर प्रयोग गरेको हुँ। त्यसमा धेरै मानिसले टिप्पणी पनि गरे। ‘नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो, त्यहाँ कब्जा भन्ने शब्द हुँदैन, यो त कम्युनिस्ट पार्टीमा प्रयोग हुने शब्द तपाईंले प्रयोग गर्नुभयो’ भन्ने टिप्पणीहरू आए। त्यो टिप्पणी स्वाभाविक पनि थियो। तर, मैले ‘कब्जा’ यस अर्थमा भनेको थिएँ कि जब पुरानो नेतृत्वले ठाउँ छोड्दै छोड्दैन, तब जबर्जस्ती तानेर भए पनि नेतृत्व लिनुपर्छ भन्ने मेरो बुझाइ थियो, शब्द जे परे पनि।
दोस्रो कुरा, त्यस्तै भयो पनि भनौं। यदि उनीहरूले विशेष महाधिवेशनका लागि त्यस किसिमको प्रयत्न नगरेको भए, अहिलेसम्म शेरबहादुर देउवा नै सभापति भइरहन्थे होलान् वा पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहिरहन्थे। तर, नेतृत्वमा स्थापित हुनेबित्तिकै गगन र विश्वप्रकाशका लागि कांग्रेसको अगाडिको बाटो सबै सजिलो बनेको छैन।
चुनावमा पार्टीको जुन परिणाम आयो, त्यसले उनीहरूको नेतृत्वलाई रफ्तारमा अगाडि बढाउन केही व्यवधान पैदा गर्यो। नेतृत्वसँग असहमत हुने कांग्रेसका अरू मानिसहरूलाई यसले खेल्ने ठाउँ दियो। ‘गगनको नेतृत्वले केही उपलब्धि हासिल गर्न सकेन, पहिलाको भन्दा सिट घट्यो’ भन्ने भाष्यले गगनको नेतृत्वका लागि आन्तरिक चुनौतीहरू बढाएको छ।
राजनीतिक दलको हिसाबबाट हेर्दा कुनै चुनावको हार–जित मात्रै समग्र मूल्याङ्कन होइन। चुनाव त यसअघि पनि हारेकै हो। अहिले सिट अलि कम भयो, तल खुम्चियो भन्ने मात्रै कुरा हो। नत्र यस्तै किसिमको हार त २०७४ सालको चुनावमा पनि भएकै हो। नेकपा एमाले र माओवादीको गठबन्धन भएको त्यो बेलामा पनि झन्डै-झन
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →