केयूको उपकुलपति पदका लागि दरखास्त आह्वान

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

३ असार, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले आज सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उम्मेदवारलाई दरखास्त दिन भनेको हो । दरखास्त दिने म्याद आजदेखि १० दिनसम्म छ । अध्यादेशबाट विश्वविद्यालयका तत्कालीन उपकुलपति पदमुक्त भएपछि नयाँ उपकुलपति…

३ असार, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले आज सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उम्मेदवारलाई दरखास्त दिन भनेको हो । दरखास्त दिने म्याद आजदेखि १० दिनसम्म छ ।

अध्यादेशबाट विश्वविद्यालयका तत्कालीन उपकुलपति पदमुक्त भएपछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको हो ।

यसअघि १९ जेठमा बसेको केयूको सभाले शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो । कमिटीमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य छन् ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön