५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा
३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ । नेपाली नोटको नम्बरिङ प्रणालीमा संकतका अक्षरहरू क,…
३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् ।
राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।
नेपाली नोटको नम्बरिङ प्रणालीमा संकतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन् । यहाँ प्रयोग भएका संकेतहरू: झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान (करिब १० लाख) नोटहरू छापिन्छन् ।
यस हिसाबले राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो । यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो ।
नयाँ नोटको अग्रभागमा वायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । तल्लो खण्डमा सिरिज नम्बर २०८२ लेखिएको छ ।
साथै पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका छन् ।
सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरका चित्र छ ।
साथै ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो राखिएको छ ।
नोटको पृष्ठ भागको मध्य खण्डमा पाटेबाटको चित्र र सोको माथि NEPAL RASTRA BANK लेखिएको छ ।
नोटको तल्लो खण्डमा RUPEES FIVE HUNDRED र सिरिज नम्बर 2025 AD लेखिएको छ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →