संसद्‍मा आज मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

३ असार, काठमाडौं । प्रतिनिधिसभामा आज मन्त्रीहरूले सम्बन्धित मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । जस अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण…

३ असार, काठमाडौं । प्रतिनिधिसभामा आज मन्त्रीहरूले सम्बन्धित मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

जस अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयस सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जवाफ पनि आजै प्रस्तुत हुनेछ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ ।

गत जेठ १५ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका थिए ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön