प्युठानमा आकस्मिक बाढीले बगाएका दाजुभाइ मृत भेटिए

📌 Diğer 📰 Nepal 🕐 5 saat önce

३ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला परेका छन् । मंगलबार दिउँसो आएको आकस्मिक भेलमा परेका स्थानीय मिलन खत्री र बिमल खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । जनता प्राथमिक विद्यालय, काँटेमा कक्षा १ मा अध्ययनरत बिमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै भेटिएको छ…

३ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला परेका छन् ।

मंगलबार दिउँसो आएको आकस्मिक भेलमा परेका स्थानीय मिलन खत्री र बिमल खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जनता प्राथमिक विद्यालय, काँटेमा कक्षा १ मा अध्ययनरत बिमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै भेटिएको छ । उनका दाइ, सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल खोलामा फेला परेको स्थानीयले बताएका छन् ।

भेलले बगाएको सूचना प्राप्त हुनासाथ स्थानीय बासिन्दा र प्रहरी संयुक्त रूपमा खोजी तथा उद्धारमा खटिएका थिए ।

विद्यालयबाट घर फर्किरहेका बेला वर्षापछि एक्कासि आएको बर्खे भेलमा उनीहरू परेका थिए ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön