१६ औँ वर्षमा कृषि विश्वविद्यालय : झण्डै ४ हजार अध्ययनरत, ६ हजार ‘पासआउट’
३ असार, चितवन । देशको कृषि, वन, पशु विज्ञान तथा पशु चिकित्साको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यसहित स्थापना गरिएको देशकै पहिलो प्राविधिक विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालयले १६ वर्ष पूरा गरेको छ । शिक्षण, अनुसन्धान र प्रसारलाई मुख्य प्राथमिकतामा राखेर २०६७ सालमा चितवनको भरतपुरस्थित रामपुरमा स्थापना गरिएको विश्वविद्यालयबाट १६ वर्षको अवधिमा ५…
३ असार, चितवन । देशको कृषि, वन, पशु विज्ञान तथा पशु चिकित्साको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यसहित स्थापना गरिएको देशकै पहिलो प्राविधिक विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालयले १६ वर्ष पूरा गरेको छ ।
शिक्षण, अनुसन्धान र प्रसारलाई मुख्य प्राथमिकतामा राखेर २०६७ सालमा चितवनको भरतपुरस्थित रामपुरमा स्थापना गरिएको विश्वविद्यालयबाट १६ वर्षको अवधिमा ५ हजार ९०६ जना विद्यार्थी ‘पासआउट’ भइसकेका छन् ।
हाल विश्वविद्यालयमा ३ हजार ७५० जना विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन् । विश्वविद्यालयमा कृषि, पशु चिकित्सा तथा मत्स्य विज्ञान र वन गरी तीनवटा संकाय रहेका छन् ।
विश्वविद्यालयका सूचना अधिकारी तथा सहप्रशासक सहदेव चौधरीका अनुसार स्नातक र स्नातकोत्तर तहमा कृषि संकायमा २ हजार ६०६, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा ५१९, वन संकायमा ५२५ तथा विभिन्न संकायमा करिब १०० जना विद्यार्थी विद्यावारिधि अध्ययन गरिरहेका छन् ।
देशको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रको सर्वाङ्गीण विकास, कृषिको आधुनिकीकरण तथा सामाजिक–आर्थिक स्तर उकास्न कृषि, वन र पशु विज्ञानसँग सम्बन्धित विषयहरूको एकीकृत अध्ययन, अध्यापन तथा अनुसन्धानमार्फत मुलुकभित्रै उच्चस्तरीय प्राज्ञिक तथा सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गरिएको हो । २०६७ सालमा ऐन बनेर विश्वविद्यालय स्थापना भए पनि २०६९ सालदेखि शैक्षिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
ऐनअनुसार त्रिभुवन विश्वविद्यालयसँगको स्वामित्व हस्तान्तरण प्रक्रिया पूरा हुन नसक्दा विश्वविद्यालय लामो समयदेखि विभिन्न समस्यामा पर्दै आएको छ । यसका कारण विश्वविद्यालयले आफ्नो सम्पूर्ण ध्यान पठनपाठन र अनुसन्धानमा केन्द्रित गर्न सकेको छैन ।
स्थापनाको समयमा कृषि संकायमा १५० जना, पशुविज्ञान तथा पशु चिकित्सा संकायमा ५० जना र वन संकायमा ४० जना विद्यार्थीले मात्र अध्ययन गर्ने अवसर पाएका थिए । पछिल्ला वर्षहरूमा भने यो संख्या उल्लेख्य रूपमा बढेको छ ।
हाल कृषि संकायअन्तर्गत आठवटा र वन संकायअन्तर्गत एउटा आङ्गिक कलेज सञ्चालनमा छन् । हरेक प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी कृषि शिक्षाको विस्तार गर्ने उद्देश्यले आङ्गिक कलेज स्थापना गरिए पनि पछिल्ला वर्षहरूमा अपेक्षाअनुसार विद्यार्थी भर्ना हुन नसक्नु विश्वविद्यालयका लागि चुनौती बनेको छ ।
विश्वविद्यालय स्थापनापछि पशुविज्ञान तथा पशुचिकित्सा संकायमा मत्स्य विज्ञान कार्यक्रम पनि थप गरिएको छ, जसमा २० जना विद्यार्थी अध्ययन गर्न सक्ने व्यवस्था छ ।
हाल प्रतिवर्ष कृषि संकाय, रामपुरमा २१८ जना, सातवटा कृषि आङ्गिक क्याम्पसमा ५४ जनाका दरले ३७८ जना, वन विज्ञान संकाय हेटौँडामा ८० जना, आङ्गिक क्याम्पस कटारीमा ५० जना तथा पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा १२० जना विद्यार्थी भर्ना गर्न सकिने व्यवस्था छ ।
कृषि शिक्षालाई सर्वसाधारणका छोराछोरीसम्म सहज पहुँचमा पुर्याउने उद्देश्यले रामपुरबाहेक कास्कीको पुरञ्चौर, धनकुटाको पाख्रिवास, उदयपुरको कटारी, सिन्धुलीको
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →