युद्धपछि इरान झन् शक्तिशाली भएको अमेरिकी गुप्तचर रिपोर्ट

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

३ असार, काठमाडौं । अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्। सीएनएनको रिपोर्टअनुसार, युद्धपछि इरान पहिलेभन्दा धेरै शक्तिशाली भएको छ। गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन अनुसार, इरानले अब जतिबेला पनि होर्मुज स्ट्रेट बन्द गर्न सक्छ। रिपोर्टसँग जानकार तीन स्रोतले बताएअनुसार युद्धपछि इरानसँग विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने अर्को नयाँ र शक्तिशाली क्षमता थपिएको…

३ असार, काठमाडौं । अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्। सीएनएनको रिपोर्टअनुसार, युद्धपछि इरान पहिलेभन्दा धेरै शक्तिशाली भएको छ।

गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन अनुसार, इरानले अब जतिबेला पनि होर्मुज स्ट्रेट बन्द गर्न सक्छ। रिपोर्टसँग जानकार तीन स्रोतले बताएअनुसार युद्धपछि इरानसँग विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने अर्को नयाँ र शक्तिशाली क्षमता थपिएको छ।

अमेरिकी अधिकारीहरू इरानले आणविक बमभन्दा प्रभावकारी हतियार प्राप्त गरेको विश्वास गर्छन् । ‘यदि आणविक वार्ता विफल भयो भने इरानले यमनका हुथी विद्रोहीहरूमार्फत बाब-अल-मन्देव स्ट्रेटमा पनि सङ्कट पैदा गर्न सक्छ। यस्तो अवस्थामा विश्वका दुई ठूला समुद्री व्यापार मार्गहरू एकैसाथ प्रभावित हुन सक्छन्,’ रिपोर्टमा भनिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिका र इरानबीचको सम्झौताको आधार तीनवटा महत्त्वपूर्ण सिद्धान्तमा राखिएको बताएका छन्। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले पहिलो सर्त इरानलाई आणविक हतियार बनाउने अनुमति नदिइने स्पष्ट पारे। दोस्रो सर्त होर्मुज स्ट्रेट खुला राख्नुपर्ने र तेस्रो सर्त सम्झौताको पालना गरेपछि मात्र इरानले आर्थिक लाभ पाउने रहेको छ।

‘इरानले आणविक हतियार राख्न सक्दैन, होर्मुज स्ट्रेट खुला रहनेछ र यदि इरानले सही व्यवहार गर्छ भने उसले धेरै आर्थिक लाभहरू पाउनेछ। यदि उसले त्यसो गर्दैन भने उसले केही पनि पाउनेछैन,’ भेन्सले भने।

अमेरिकी उपराष्ट्रपति भेन्सले इरान-अमेरिका सम्झौताको बचाउ गर्दै यस सम्झौताअन्तर्गत इरानलाई ३०० अर्ब डलर फाइदा हुने भनिएका दाबीहरूलाई खारेज गरेका छन्। कुनै पनि परिस्थितिमा अमेरिकाको एक डलर पनि इरानलाई नदिइने उनले स्पष्ट पारे।

इरानले अमेरिकाका सबै सर्तहरू पालना गरेमा मात्र अमेरिकाले अन्य देशहरूलाई इरानमा लगानी गर्न अनुमति दिने उनले बताए। उदाहरण दिँदै उनले भने कि यूएई जस्ता देशहरूले इरानका परियोजनाहरूमा लगानी गर्न सक्छन्, तर त्यो पैसा अमेरिकाको तर्फबाट हुनेछैन।

अमेरिका र इरानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएपछि पनि इरानले होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूतर्फ धेरै ड्रोन पठाएको एक अमेरिकी अधिकारीले दाबी गरेका छन्।

एनबीसी न्युजको रिपोर्टअनुसार इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले निरन्तर ड्रोन लन्च गरिरहेको छ, जसलाई अमेरिकी सेनाले जहाजसम्म पुग्नुअघि नै रोकेको थियो।

पश्चिम एसियामा युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच भएको प्रारम्भिक सम्झौताले ट्रम्प सरकारभित्रै मतभेद पैदा गरेको छ। एक्सियोसको रिपोर्टअनुसार, सीआईए प्रमुख जोन र्‍याटक्लिफ, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथलाई इरानले सम्झौतामा गरिएका सबै वाचाहरू पूरा गर्छ कि गर्दैन भन्नेमा शङ्का छ।

अर्कोतर्फ, उपराष्ट्रपति जेडी भेन्स, विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नर भने सम्झौतालाई अगाडि बढाउने पक्षमा छन्।

ट्रम्पले मङ्गलबार जी-७ शिखर सम्मेलनको एक बैठकमा बोल्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले लेबनानमा हेजबुल्लाहविरुद्धको ल

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön