युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक पक्राउ

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

३ असार, दाङ । एक युवतीलाई खुकुरी देखाउँदै कुटपिट गरेको भाइरल भिडियोमा देखिएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई मंगलबार राति उनकै घरबाट पक्राउ गरिएको हो । घटनामा संलग्न रहेको आरोपमा अर्का २१ वर्षीय जिबराज…

३ असार, दाङ । एक युवतीलाई खुकुरी देखाउँदै कुटपिट गरेको भाइरल भिडियोमा देखिएका युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई मंगलबार राति उनकै घरबाट पक्राउ गरिएको हो ।

घटनामा संलग्न रहेको आरोपमा अर्का २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त भिडियो रमेशकै घर नजिक गत चैत महिनामा रातिको समयमा खिचेर फेसबुकमा पोष्ट गरेको खुलेको छ । सो भिडियोमा रमेशले तुलसीपुरकै २१ वर्षीया एक युवतीलाई अश्लील शब्दसहित गालीगलौज गर्दै खुकुरीको उल्टोतिरको भागले प्रहार गरेको देखिन्छ । प्रहरीका अनुसार ती युवतीको स्वास्थ्य अवस्था सामान्य छ ।

पक्राउ परेका रमेशको साथबाट झण्डै ५० ट्याब्लेट लागुऔषधसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार प्रेगाम्याक्स एक ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोम ५ ट्याब्लेट बरामद भएको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön