प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ नगरेकोमा नेकपाको आपत्ति
३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसद्मा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको पनि आक्रोश व्यक्त गरे ।…
३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसद्मा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको पनि आक्रोश व्यक्त गरे ।
उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उनले आफैंले संसदमा आएर नसच्याएसम्म आफूहरुको विरोध कायमै रहने अडान पनि स्पष्ट पार्नुभयो । सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको जिकीर पनि गरे ।
उनले भने, ‘सरकारले संसद्को हुर्मत लिने काम गरिनै राखेको छ । हामीले प्रधानमन्त्रीको लगत अभिव्यक्ति सच्याउन भन्यौ । तर आजसम्म न सभामुखजीले सरकारलाई रुलिङ गर्नुहुन्छ । तपाईं संसद्को रोस्ट्रममा आएर यो भनाइ सच्याउनहोस् न रुलिङ गर्नुहुन्छ न सरकार जवाफदेही भएर संसद्मा आएर जवाफ दिन्छ ।’
उनले अगाडि भने, ‘यस सन्दर्भमा फेरि हामी सबै प्रतिपक्ष दलहरूको एउटै अभिव्यक्ति छ–उक्त गलत अभिव्यक्ति संसद्मा नै आएर सच्याइयोस् । उहाँले भनेको कुरा सही छ भने हाम्रो सामु यो यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस् । सिमानाको बारेमा उहाँले दिएको लगत अभिव्यक्ति सच्याइयोस् । त्यो सच्याउनका लागि सभामुखबाट तत्काल रुलिङ होस भन्न चाहन्छु ।’
सांसद शर्माले सरकार संसदप्रति उत्तरदायी भएको गुनासो पनि गरे ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →