औद्योगिक क्षेत्रका उद्योगले बक्यौता नतिरेपछि धमाधम काटिँदै बिजुली र पानीको लाइन
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले १० वटा औद्योगिक क्षेत्रका उद्योगले भुक्तानी गर्न आनाकानी गरेपछि आजदेखि विद्युत् र पानीको लाइन काट्न सुरु गरिएको जनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले १० वटा औद्योगिक क्षेत्रका उद्योगले भुक्तानी गर्न आनाकानी गरेपछि आजदेखि विद्युत् र पानीको लाइन काट्न सुरु गरिएको जनाएको छ ।
३ असार, काठमाडौं । लामो समयदेखि औद्योगिक क्षेत्रको अर्बौं रुपैयाँ बराबरका सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने उद्योग तथा निकायको धमाधम विद्युत् र पानीको लाइन काट्न सुरु गरिएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले १० वटा औद्योगिक क्षेत्रका उद्योगहरूले भुक्तानी गर्न आनाकानी गरेपछि आजदेखि विद्युत् र पानीको लाइन काट्न सुरु गरिएको जानकारी दिएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २५ जेठमा सूचना जारी गरी जमिन, भवन, विद्युत् र पानी लगायत सेवा प्रयोग गरेबापत नियमित बुझाउनुपर्ने महसुल सात दिनभित्र बुझाएर बक्यौता रकम राफसाफ गर्न निर्देशन दिएको थियो ।
देशभरिका १० वटा औद्योगिक क्षेत्रमा रहेका ६ सय ३५ उद्योग तथा निकायका ८८ करोड ४५ लाख रुपैयाँ बक्यौता रहेको तथ्यांक नै लिमिटेडले निकालेको थियो ।
रकम नतिरे विद्युत् काट्ने लगायत कारबाही गरिने उसले चेतावनी दिएको थियो ।
चेतावनी सहित सूचना जारी गर्दा पनि रकम नबुझाएका उद्योगको बिजुली र पानीको लाइन काट्न थालिएको छ । आंशिक रकम बुझाएका अन्यका हकमा भने थप निर्णय गर्दै जाने लिमिटेडले जनाएको छ ।
अहिलेसम्म विभिन्न औद्योगिक क्षेत्रका एक दर्जनभन्दा बढी उद्योगको बिजुली विच्छेद भइसकेको छ । जस अनुसार बालाजु औद्योगिक क्षेत्रमा रहेका बालाजु अटो क्लिनिक, गुराँस इन्जिनियर, बालाजु अटो वर्क्स र आरके प्लास्टिकको लाइन काटिएको छ ।
त्यसैगरी पाटन औद्योगिक क्षेत्रमा सञ्चालित अनुज मेटल, बिल्डिङ मटेरियल (बीरा), नेप्लिज ह्यान्डिक्राफ्ट, सरस्वती टेक्स्टायल, हिमालयन क्राफ्ट र भैरवनाथ आइरनको पनि बिजुली विच्छेद गरिएको छ ।
यस्तै नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका अरमान ट्रेडर्स र लभ ए रेस्ट्रो तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सञ्चालित श्री अन्नु फुड एन्ड स्न्याक्स इन्डस्ट्रिजको पनि लाइन काटिएको छ ।
‘हिजोसम्मको अन्तिम म्याद बेवास्ता गर्दै कत्ति पनि बक्यौता नबुझाउने उद्योगहरूको लाइन आजबाट धमाधम काट्न थालेका छौं, आंशिक रूपमा रकम तिरेर अझै बाँकी राख्नेहरूको हकमा पनि अर्को दिनदेखि विच्छेद गरिने छ,’ औद्योगिक क्षेत्र व्यवस्थापनका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यद्यपि, कारबाहीमा परेपछि कतिपय उद्योगले अहिले धमाधम पैसा जम्मा गर्न थाल्नुभएको छ, बक्यौता रकम जम्मा भएलगत्तै हामीले पुन: लाइन जोडिदिने व्यवस्था मिलाएका छौं ।’
बक्यौता रहेका औद्योगिक क्षेत्रको सूचीमा बालाजु औद्योगिक क्षेत्र सबैभन्दा अगाडि छ । यहाँ सञ्चालित १ सय ५१ वटा उद्योग तथा प्रतिष्ठानले मात्रै सर्वाधिक ४३ करोड ९० लाख रुपैयाँ बुझाउन बाँकी छ ।
यसैगरी हेटौंडा औद्योगिक क्षेत्रका १ सय ३१ उद्योगको २० करोड ९० लाख र पाटन औद्योगिक क्षेत्रका ९४ उद्योगको १० करोड १० लाख रुपैयाँ बक्यौता छ ।
मध्यम स्तरको बक्यौता हुनेमा पोखरा र बुटवल औद्योगिक क्षेत्र छन्, जहाँका उद्योगले करिब साढे ४ करोड तिर्न बाँकी
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →