माउन्ट एभरेस्ट पावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

३ असार, काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको बुधबारदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ । जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, सामुहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याएपछि बाँकी…

३ असार, काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको बुधबारदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ ।

जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, सामुहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता सेयर आजदेखि सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट इच्छुक आवेदकले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । असार ८ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

केयर रेटिङ नेपालले कम्पनीलाई बीबी प्लस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन क्षमता मध्यमस्तरमा रहेको संकेत गर्दछ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत् आयोजना सञ्चालन गरेको छ । जसको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

जसको प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ । पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.९७ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५.१३ रुपैयाँ रहेको छ ।

सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष ९ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष रहेको छ । डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön