सम्पत्ति शुद्धीकरण र विशेष अदालतमा देउवा दम्पतीको पत्र : ‘अनुसन्धानमा सहयोग गर्छौं, पक्राउ नगर्नुस्’
आफूहरु दुई महिनापछि नेपाल फर्केर अनुसन्धानलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका देउवा दम्पतीले त्यतिञ्जेल पक्राउ अनुमतीको प्रक्रिया अघि नबढाउन आग्रह गरेका हुन् ।
आफूहरु दुई महिनापछि नेपाल फर्केर अनुसन्धानलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका देउवा दम्पतीले त्यतिञ्जेल पक्राउ अनुमतीको प्रक्रिया अघि नबढाउन आग्रह गरेका हुन् ।
३ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री समेत रहेकी डा. आरजु राणा देउवाले नेपाल फर्किएर आफूहरु विरुद्ध चलिरहेको सम्पत्ति सम्बन्धी अनुसन्धानलाई सहयोग गर्न तयार रहेको भन्दै पक्राउ पूर्जी जारी नगर्न अनुरोध गरेका छन् ।
दुवैजनाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई संयुक्त पत्र पठाएर दुई महिनाभित्र नेपाल फर्किन तयार रहेको भन्दै नेपाल आउन कठिन हुने अवस्था नबनाइदिन आग्रह गरेका हुन् ।
दुवैजनाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ, ‘हामी सदाशयतापूर्वक अनुसन्धानमा सहयोग गर्न तत्पर रहँदारहँदै हामीलाई ‘देश छाडी भागेको’, ‘अनुसन्धानमा उपस्थित नभएको’ भन्ने जस्ता भाष्य सिर्जना गरी हाम्रा विरुद्ध पक्राउ पूर्जी जारी गर्ने र नेपाल प्रवेश गर्न नै कठिनाइ हुने अवस्था नबनाइयोस् भनी अनुरोध गरेका छौं ।’
पत्रमा असार २८ गतेको मिति उल्लेख छ । तर सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतले इमेलबाट प्राप्त पत्र आधिकारिक रहेको पुष्टि गर्दै देउवा दम्पतीले नै त्रुटीबस एक महिनापछिको मिति उल्लेख गरेको बतायो । पत्रको बोधार्थप्रति विशेष अदालतमा समेत पुगेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि पक्राउ पूर्जी जारी गर्न वा मुद्दा चलाउनुपरेमा विशेष अदालत पुग्नुपर्छ । देउवा दम्पतीले आफूहरुको सम्भावित मुद्दा हेर्ने अदालतमा समेत पत्रको बोधार्थ पठाएका हुन् ।
जेनजी आन्दोलनको भोलिपल्ट अर्थात २४ भदौमा उनीहरुमाथि बुढानीलकण्ठस्थित घरमै सांघातिक आक्रमण भएको थियो । त्यसपछि करिव छ महिना नेपालमा रहेका उनीहरु २१ फागुनको निर्वाचनअघि उपचारका लागि भन्दै सिंगापुर गएका थिए, त्यसयता नेपाल फर्किएका छैनन् ।
देउवा दम्पतीले पत्रमा आफूहरु उपचारका क्रममा रहेका बेला कसैले अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएको जिकिर गरेका छन् । तर अख्तियारबाट थप कुनै छानबिन नभएको भन्दै उनीहरुले सम्पती शुद्धीकरण अनुसन्धान विभागले भने आफूहरुको भग्नावशेषयुक्त घरमा मुचुल्का गरेको जनाएका छन् ।
आफूहरुले नियमित रुपमा सम्पत्ति विवरण बुझाएको र सम्पत्तिबारे छानबिन गर्नुपरेमा अख्तियारले अनुसन्धान गर्नसक्ने भन्दै उनीहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान अघि बढाएकोमा प्रश्न उठाएका छन् ।
जेनजी आन्दोलन लगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उपमहानिर्देशक निर्मल ढकालको नेतृत्वमा टोली गठन गरेको र उक्त टोलीले देउवा निवासबाट नगद र बहुमूल्य गहनाको अवशेष नगरेको भनी प्रतिवेदन दिएको भन्दै देउवा परिवारले त्यसपछिको अनुसन्धानमा प्रश्न उठाएका हुन् ।
नगद र बहुमुल्य जलेर नष्ट भएको भन्ने हल्ला विभागले गरेको अनुसन्धानले गलत प्रमाणित भएको भन्दै देउवा दम्पतीले विभागमा पत्रमार्फत भनेका छन्, ‘छानबिनबाट सो तथ्य गलत प्रमाणित भैरहेक
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →