भारतीय अवरोधले नेपाली चिया उद्योग बन्द भएको ३ दिन भइसक्यो, सरकार मौन

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

३ असार, काठमाडौं । पछिल्लो समय संसद्मा नेपाली चिया निर्यातमा समस्या भएको विषय निरन्तर उठिरहेको छ । तर, सरकार बोलिरहेको छैन । नेपाली चिया निर्यातमा भारतको अवरोध खुलाउने विषयमा सरकार गम्भीर नभएको भनेर नेपाली कांग्रेसका सचेतक निश्कल राईले बुधबार पनि उठाए । भारतीय अवरोधले नेपाली चिया उद्योग बन्द भएको ३ दिन भइसक्दा पनि सरकार मौन…

३ असार, काठमाडौं । पछिल्लो समय संसद्मा नेपाली चिया निर्यातमा समस्या भएको विषय निरन्तर उठिरहेको छ । तर, सरकार बोलिरहेको छैन ।

नेपाली चिया निर्यातमा भारतको अवरोध खुलाउने विषयमा सरकार गम्भीर नभएको भनेर नेपाली कांग्रेसका सचेतक निश्कल राईले बुधबार पनि उठाए । भारतीय अवरोधले नेपाली चिया उद्योग बन्द भएको ३ दिन भइसक्दा पनि सरकार मौन रहेको भनेर प्रश्न उठाए ।

‘गुणस्तर परीक्षण भन्दै छिमेकी देश भारतले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलामका चिया उद्योगी र किसानले, चिया ाबअतयचथ मा ताला झुन्डाएको तीन दिन भइसक्यो’ उनले भने ।

चियाका सन्दर्भमा भारतीय चिया बोर्डले नयाँ मापदण्ड लगाएको छ । जसअनुसार गुणस्तर परीक्षण गर्न र तयसको प्रतिवेदन आउन दुई साता बढी लाग्ने, प्रतिवेदन नआएसम्म चिया बेच्न नपाइने नियम छ । यस्तो कार्यले नेपाली चिया नष्ट गर्नुपर्ने बाध्यता रहेको भन्दै राईले थपे, ‘जसका कारण सूर्योदय नगरपालिका भित्र मात्र ५३ बढी र जिल्लाभर ८३ बढी चिया उद्योग बन्द गरिएको छ ।’

तर, यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै नपुगेको उनले बताए ।

‘हुनत: सम्माननिय प्रधानमन्त्रीज्यू अन्य दुई माननीय मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ । सामाजिक सञ्जाल हेरेर थाहा पाएको, उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनु हुन्छ’, राईले कटाक्ष गर्दै भने, ‘तर, वार्षिक ३ करोड भन्दा बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डकै रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएको देखिएन ।’

उनका अनुसार चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ । चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगारी गुमेको छ । उद्यमीले बैकबाट लिएको लोनको ब्याज तिर्ने अवस्था छैन ।

आफूले चियाको समस्या पटक पटक सदनमा उठाएको पनि स्मरण गरे । प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक, अनौपचारिक फोरमहरूमा भेटेर पनि भनेको बताए । परराष्ट्र मन्त्री, कृषि मन्त्री, ऊर्जा, वाणिज्य मन्त्री समक्ष पनि एकल तथा टिएसओसीएसनका साथीहरू गएर समस्याहरू लिखित र मौखिम रूपमा राखेको भन्दै उनले चिया निर्यातको समस्याबारे सरकारले जवाफ दिनुपर्ने बताए ।

‘चियाको निर्यात खुलाउन पहल गरियोस्’, उनले भनेका छन्, ‘चिया निर्यातमा दिर्घकालिन समाधान खोजियोस् ।’

तेस्रो देशमा चियाको बजार सुनिश्चित गरेर निर्यात् प्रकृया अघि बढाउन पनि उनको माग छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön