क्यान्सरको औषधि अभाव कायमै रहेको भन्दै सांसद थपलियाले गराइन् सरकारको ध्यानाकर्षण
‘सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव अब दोहोरिन नदिन सरकारको तत्काल र दीर्घकालीन योजना के छ ?’ सांसद थपलियाले प्रश्न गरिन्, ‘मन्त्रीज्यूले निर्देशन दिनुभएका कम्पनीहरूको निरीक्षण तथा अनुमति प्रक्रियामा हालसम्म के प्रगति भएको छ ? र त्यसबाट औषधिको आपूर्तिमा कहिलेदेखि सुधार देखिनेछ ?’
‘सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव अब दोहोरिन नदिन सरकारको तत्काल र दीर्घकालीन योजना के छ ?’ सांसद थपलियाले प्रश्न गरिन्, ‘मन्त्रीज्यूले निर्देशन दिनुभएका कम्पनीहरूको निरीक्षण तथा अनुमति प्रक्रियामा हालसम्म के प्रगति भएको छ ? र त्यसबाट औषधिको आपूर्तिमा कहिलेदेखि सुधार देखिनेछ ?’
३ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले क्यान्सर रोगका बिरामीका लागि अत्यावश्यक औषधि अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थपलियाले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन औषधि अभाव हुनुको कारणबारे सरकारको जवाफसमेत मागिन् ।
ती औषधिको अभावबारे सदनमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिएको जानकारी प्राप्त भए पनि बिरामीहरूले अझै औषधि नपाएको सांसद थपलियाको भनाइ छ ।
उनले हिजो मात्रै भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै सम्पर्क गरेको उदाहरण दिँदै समस्या अझै समाधान नभएको उल्लेख गरिन् ।
सांसद थपलियाले सरकारसँग तीनवटा प्रश्न राख्दै हाल सिस्प्लाटिन नेपालका कुन–कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ भन्ने जानकारी तत्काल सार्वजनिक गर्न माग गरिन् । उनले उक्त जानकारी बिरामी तथा उनीहरूका परिवारजनलाई सहज रूपमा उपलब्ध गराउनुपर्ने बताइन् ।
यस्तै, सिस्प्लाटिन र कार्बोप्लाटिनजस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव भविष्यमा दोहोरिन नदिन सरकारको तत्कालीन तथा दीर्घकालीन योजना के छ भन्ने विषयमा पनि स्पष्ट पार्न आग्रह गरिन् ।
त्यसैगरी मन्त्रीले निर्देशन दिएका कम्पनीहरूको निरीक्षण तथा अनुमति प्रक्रियामा हालसम्म भएको प्रगति र त्यसको प्रभावस्वरूप औषधि आपूर्तिमा कहिलेदेखि सुधार देखिनेछ भन्नेबारे पनि सदनलाई जानकारी गराउन सांसद थपलियाले माग गरिन् ।
बिरामीहरूले अत्यावश्यक औषधि सहज रूपमा प्राप्त गर्ने सुनिश्चितताबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताउँदै सांसद थपलियाले बिरामीको जीवनसँग खेलवाड नगर्न सरकारलाई आग्रह गरिन् ।
उनले मन्त्रीलाई निर्देशन दिने मात्र नभई सम्बन्धित निकायमा बिरामीले वास्तवमै औषधि पाए वा पाएनन् भन्ने विषयमा समेत अनुगमन गर्न अनुरोध गरिन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →