सिटिजन्स बैंकले २ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, ४ सञ्चालक नियुक्त

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

३ असार, काठमाडौं । सिटिजन्स बैंकको ८ औं विशेष साधारणसभाले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेक्चुअल नन कम्युलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने निर्णय स्वीकृत गरेको छ । प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न सो सेयर जारी गर्न लागिएको बैंकले जनाएको छ ।…

३ असार, काठमाडौं । सिटिजन्स बैंकको ८ औं विशेष साधारणसभाले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेक्चुअल नन कम्युलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने निर्णय स्वीकृत गरेको छ ।

प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न सो सेयर जारी गर्न लागिएको बैंकले जनाएको छ ।

अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा बुधबार बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा बसेको साधारणसभाले सो निर्णय स्वीकृत गरेको हो । त्यस्तै साधारणसभाबाट चार सञ्चालक निर्वाचित भएका छन् ।

बैंकको नियमावली अनुसार समूह क संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै अनिल कुमार ज्ञवाली, समूह ख सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा निर्वाचित भएका हुन् ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön