‘द ओडिसी’ प्रिमियरलाई क्रिस्टोफर नोलन, म्याट डेमन, टम हल्याण्ड मुम्बई जाने

📌 Diğer 📰 Nepal 🕐 1 saat önce

मुम्बई । हलिउड निर्देशक क्रिस्टोफर नोलन आफ्नो नयाँ फिल्म ‘द ओडिसी’को विश्वव्यापी प्रचार अभियानअन्तर्गत जुलाईमा मुम्बई आउने भएका छन् । युनिभर्सल पिक्चर्स इन्टरनेसनलले मुम्बईलाई लन्डन, पेरिस र न्यूयोर्कसँगै फिल्मको आधिकारिक ग्लोबल प्रिमियर टुरको एक गन्तव्यका रूपमा घोषणा गरेको छ । यससँगै ‘द ओडिसी’ भारतमा प्रिमियर हुने पहिलो क्रिस्टोफर नोलन फिल्म बन्ने भएको छ भने नोलनको…

मुम्बई । हलिउड निर्देशक क्रिस्टोफर नोलन आफ्नो नयाँ फिल्म ‘द ओडिसी’को विश्वव्यापी प्रचार अभियानअन्तर्गत जुलाईमा मुम्बई आउने भएका छन् । युनिभर्सल पिक्चर्स इन्टरनेसनलले मुम्बईलाई लन्डन, पेरिस र न्यूयोर्कसँगै फिल्मको आधिकारिक ग्लोबल प्रिमियर टुरको एक गन्तव्यका रूपमा घोषणा गरेको छ ।

यससँगै ‘द ओडिसी’ भारतमा प्रिमियर हुने पहिलो क्रिस्टोफर नोलन फिल्म बन्ने भएको छ भने नोलनको भारतमा हुने यो पहिलो प्रिमियर कार्यक्रम पनि हुनेछ ।

मुम्बईमा हुने कार्यक्रममा नोलनसँगै अभिनेता म्याट डेमन, टम हल्याण्ड तथा निर्माता एम्मा थोमस पनि सहभागी हुनेछन् । फिल्म जुलाई १७ मा विश्वभर प्रदर्शनमा आउने तयारीमा छ । भारतमा यसको प्रिमियर मुम्बईस्थित पीभीआर आइकन आइम्याक्स : फिनिक्स प्यालेडियममा आयोजना गरिनेछ ।

घोषणाअनुसार ‘द ओडिसी’ विश्वका विभिन्न स्थानमा नयाँ आइम्याक्स फिल्म प्रविधि प्रयोग गरेर छायांकन गरिएको हो । यो पूर्ण रूपमा आइम्याक्स क्यामेराबाट खिचिएको पहिलो फिचर फिल्मसमेत बनेको बताइएको छ । भारतभरका आइम्याक्स हलहरूमा फिल्मका अग्रिम टिकट बिक्रीसमेत सुरु भइसकेको छ ।

फिल्ममा म्याट डेमन, टम हल्याण्ड, एनी ह्याथवे, रोबर्ट प्याटिन्सन, लुपिटा नियोङ्गो, सामन्था मोर्टन, जेन्डाया र चार्लिज थेरोनको अभिनय रहेको छ । फिल्मलाई एम्मा थोमस र क्रिस्टोफर नोलनले आफ्नो कम्पनी सिन्कोपीमार्फत निर्माण गरेका हुन् ।

भारतभर आइम्याक्स प्रदर्शनका लागि अग्रिम टिकट बिक्री जुन ८ देखि सुरु भएको थियो । टिकट बिक्री खुला भएलगत्तै यसको उच्च मूल्यबारे चर्चा सुरु भएको थियो । मुम्बई र पुणेमा प्रिमियम सिटको मूल्य ३ हजार भारतीय रुपैयाँसम्म तोकिएको छ भने मुम्बईका केही मध्यरातका शोका टिकट ३ हजार ३ सय रुपैयाँसम्ममा बिक्रीका लागि राखिएका छन् । ती मूल्य हाल भारतमा उपलब्ध सबैभन्दा महँगा चलचित्र टिकटमध्येका रूपमा रहेका छन् ।

उच्च मूल्य भए पनि दर्शकको चासो भने उल्लेखनीय देखिएको छ । धेरै प्रदर्शनका टिकट केही मिनेटभित्रै बिक्री भई ‘सोल्ड आउट’ भएका छन् ।

नोलनले लेखन तथा निर्देशन गरेको ‘द ओडिसी’मा ट्रोयको पतनपछि ओडिसियसले घर फर्किन गरेको दशक लामो यात्राको कथा प्रस्तुत गरिएको छ, जुन प्राचीन ग्रीक कवि होमरको प्रसिद्ध महाकाव्यमा आधारित छ । यो फिल्मको विश्वब्यापी प्रदर्शन जुलाई १७ मा हुने तयारीमा छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön