पोर्चुगल र कङ्गो पहिलोपटक खेल्दै, कस्तो रहला रोनाल्डोको प्रदर्शन ?
३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत टेक्सासको मैदानमा आज एउटा निकै प्रतीक्षित र रोमान्चक भिडन्त हुँदैछ, जहाँ युरोपेली पावरहाउस पोर्चुगल र अफ्रिकी महाद्वीपको सरप्राइज टोली कङ्गो डीआ आमनेसामने हुँदैछन् । ऐतिहासिक रूपमा पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन लागेको पोर्चुगलले छनोट चरणमा अविश्वसनीय प्रदर्शन गरेको थियो; जहाँ उनीहरूले मात्र ६…
३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत टेक्सासको मैदानमा आज एउटा निकै प्रतीक्षित र रोमान्चक भिडन्त हुँदैछ, जहाँ युरोपेली पावरहाउस पोर्चुगल र अफ्रिकी महाद्वीपको सरप्राइज टोली कङ्गो डीआ आमनेसामने हुँदैछन् ।
ऐतिहासिक रूपमा पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन लागेको पोर्चुगलले छनोट चरणमा अविश्वसनीय प्रदर्शन गरेको थियो; जहाँ उनीहरूले मात्र ६ खेलमा २० गोलको वर्षा गर्दै आफ्नो टिकट पक्का गरेका थिए ।
अर्कोतर्फ, ५२ वर्षको प्रतीक्षा समाप्त गर्दै सन् १९७४ पछि पहिलो पटक विश्वकपको मुख्य मञ्चमा फर्किएको कङ्गो डीआर उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
मेक्सिकोमा भएको विश्वकप प्ले-अफ प्रतियोगिताको फाइनलमा जमैकालाई १-० ले पराजित गर्दै ऐतिहासिक रूपमा विश्वकपको टिकट काटेको कङ्गो यो ठूलो मञ्चमा युरोपेली महारथीलाई स्तब्ध पार्दै नयाँ इतिहास रच्ने दाउमा छ।
फिफा विश्वकपको इतिहासमा यी दुई राष्ट्र पहिलो पटक आमनेसामने हुन लागेका हुन् । समग्र अन्तर्राष्ट्रिय फुटबल इतिहास हेर्ने हो भने पनि पोर्चुगल र कङ्गो डीआरबीच यसअघि कुनै पनि आधिकारिक सिनियर खेल भएको छैन ।
त्यसैले टेक्सासको यो भिडन्त आफैंमा एउटा ऐतिहासिक सुरुवात हुनेछ । छनोट चरणको सानदार आक्रामक रेकर्ड र फिफा वरीयताका आधारमा पोर्चुगल खेलमा निकै बलियो दाबेदार देखिए पनि, प्ले-अफ पार गरेर आएको कङ्गो डीआरको रक्षात्मक अनुशासन र जुझारू अफ्रिकी शैली पोर्चुगिज टोलीका लागि कडा चुनौती बन्न सक्छ ।
पोर्चुगल पछिल्ला ५ खेलमा अपराजित छ जहाँ ४ जित र १ ड्रको नतिजा निकालेको छ । कङ्गोले भने २ जित, २ हार र १ बराबरी खेलेको छ ।
क्रिस्टियानो रोनाल्डो (स्ट्राइकर) : पोर्चुगलका कप्तान तथा विश्व फुटबलकै महान् लेजेन्ड क्रिस्टियानो रोनाल्डो टोलीको आक्रमणका मुख्य खम्बा हुन् । छनोट चरणका ६ खेलमा महत्वपूर्ण गोल गर्दै टोलीको नेतृत्व गरेका ४१ वर्षीय रोनाल्डोको यो कीर्तिमानी छैटौं विश्वकप हो । उनको खेल बुझ्ने क्षमता, बक्सभित्रको आक्रामक उपस्थिति र अचुक फिनिसिङ कला कङ्गो डीआरको डिफेन्सका लागि खेलभरि नै सबैभन्दा ठूलो खतरा बन्ने निश्चित छ ।
ब्रुनो फर्नान्डेज (मिडफिल्डर) : इङ्ग्लिस प्रिमियर लिगको प्रतिष्ठित क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज पोर्चुगिज टोलीको मिडफिल्डका मुख्य इन्जिन हुन् । छनोट चरणमा पोर्चुगलले गरेको २० गोलमध्ये अधिकांशमा उनको सिर्जनशील भूमिका वा असिस्ट रहेको थियो । मैदानको मध्यभागबाट खेलको गति नियन्त्रण गर्ने र क्रिस्टियानो रोनाल्डो जस्ता फरवार्डका लागि सटिक ‘थ्रु-पास’हरू निकाल्ने मुख्य रणनीतिक जिम्मेवारी यिनकै काँधमा हुनेछ ।
रुबेन डियाज (डिफेन्डर) : इङ्ग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका मुख्य सेन्टर-ब्याक रुबेन डियाज पोर्चुगलको रक्षापङ्क्तिका कडा चट्टान हुन् । आफ्नो कडा ट्याकल, उत्कृष्ट शारीरिक शक्ति र मैदानमा कप्तानी नेतृत्व दिन सक्ने क्षमताका कारण चिनिने डियाजले कङ्गो डीआरका तीब्रे गतिका फरवार्डहरूलाई पेनाल्टी बक्स नजिक पस्न नदिने मुख्य जिम्मेवारी पाएका छन् ।
योआन विसा (फरवार्ड) : इङ्ग्लिस प्रिमि
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →