हर्कलाई मनिषले भने– पटकपटक बालहठ नगर्नुस्, नियम पढ्नुस्
सांसद राईले उठेर अवरोध जनाइरहे । यसैबीच रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाए ।
सांसद राईले उठेर अवरोध जनाइरहे । यसैबीच रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाए ।
३ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथिको छलफल जारी छ । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग सम्बन्धित मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम थियो ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनका लागि उद्योगमन्त्री गौरी कुमारी संसद्को रोष्ट्रममा थिइन् ।
उनले सांसदहरूको प्रश्नको जवाफ दिइरहेकी थिइन् । सोही बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङ उठे र आफ्नो स्पष्टीकरण पुन: दोहोर्याए ।
उनलाई सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरणमाथिको स्पष्टीकरण नहुने भन्दै ध्यानाकर्षण गराए ।
तर, सांसद राईले उठेर अवरोध जनाइरहे । यसैबीच रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाए ।
उनले प्रतिनिधिसभामा नियमावलीको ५४ र ५५ नम्बरमा प्रश्नोत्तरको विषय उल्लेख गरे ।
‘पटकपटक वादविवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भन्ने, ५४ नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ । माननीय मन्त्रीज्यूले मेरो उत्तर यही हो भन्न पाउनहुुन्छ,’ झाले भने ।
‘म सम्बन्धित माननीयज्यूलाई पटकपटक बालहठ नगर्न पनि आग्रह गर्छु । नियम कानुनको कुरा गर्दै हुनुहुन्थ्यो, नियम त स्पष्ट लेखिएकै छ, नियम पढ्नुस्’, सांसद झाले आग्रह गरेका छन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →