वित्तीय प्रणालीबाट ४५ अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

३ असार, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बनेको छ । केन्द्रीय बैंकले दैनिक स्थायी निक्षेप सुविधा र एक दिनको अन्तर निक्षेप संकलन गर्दा पनि अधिक तरलता व्यवस्थापन हुन सकेको छैन । केन्द्रीय बैंकसँग बैंक तथा वित्तीय संस्थाको १० खर्ब ७९अर्ब रुपैयाँ छ । यो रकम केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र…

३ असार, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बनेको छ । केन्द्रीय बैंकले दैनिक स्थायी निक्षेप सुविधा र एक दिनको अन्तर निक्षेप संकलन गर्दा पनि अधिक तरलता व्यवस्थापन हुन सकेको छैन ।

केन्द्रीय बैंकसँग बैंक तथा वित्तीय संस्थाको १० खर्ब ७९अर्ब रुपैयाँ छ । यो रकम केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत खिचेको हो वित्तीय प्रणालीको तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैकले अधिक तरलता खिच्ने गर्छ ।

यसै क्रममा केन्द्रीय बैंकले बुधबार पनि २८ दिने अवधिको ४५ अर्ब तरलता खिच्ने भएको छ । जेठ २९ गते एक खर्ब रुपैयाँ बराबरको १९ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको बैंकले बुधबार पुनः ४५ अर्ब खिच्न लागेको हो ।

बिहीबारसम्ममा वित्तीय प्रणालीमा करिब ६१ अर्ब तरलता रहेको छ तर, बैंक तथा वित्तीय संस्थाको थप रकम परिपक्व हुने भएपछि त्यसलाई पुनः खिच्नका लागि निक्षेप संकलन उपकरण जारी भएको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।

निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरणबाट पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत पैसा पठाउँछ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरमा ब्याज लिन्छ । तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंकदर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön