प्रधानमन्त्रीले पसलमा चिया पिउन भ्याउनुहुन्छ, उद्योग बन्द भएकोमा ध्यान छैन : निश्कल राई

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

‘सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुभयो । तर वार्षिक ३ करोड तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाउनुभएको देखिएको छैन ।’

‘सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुभयो । तर वार्षिक ३ करोड तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाउनुभएको देखिएको छैन ।’

३ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन शाहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरे । सो क्रममा उनले इलाममा चिया उद्योगमा विगत तीन दिनदेखि लागेको तालाको विषय जानकारी गराए ।

‘गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या गरेको इलाममा चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रिमा ताला झुन्ड्याएको करिब ३ दिन भयो । भारतीय चियाँ बोर्डले एसओपी नामक नयाँ मापदण्ड लिएको छ,’ राईले भने, ‘उनीहरूको मापदण्डभित्र नपरे चियाँ नष्ट गर्नुपर्नेसम्मको प्रावधान छ । जसका कारण इलाममा ८३ वटा भन्दा बढी चिया उद्योग बन्द गरिएका छन् । तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन । यो योसँग सातौं पटक भयो ।’

यही विषय राख्दैगर्दा उनले प्रधानमन्त्री बालेनले अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै गरेको कटाक्ष प्रस्तुत गरे ।

र, उनले भनेका छन्, ‘हुन त सम्माननीय प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै हुनुहुन्छ । सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुभयो । तर वार्षिक ३ करोड तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाउनुभएको देखिएको छैन ।’

गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएको थियो ।

सचेतक राईले सरकारले भारतले चिया निर्यातमा रोक लगाउँदा इलामका चिया उद्योग बन्द हुँदा त्यहाँ आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले उक्त समस्या समाधानका लागि पहल गरेको गुनासो गरे ।

सचेतक राईले भारतसँग तत्काल सम्वाद गरी उक्त समस्या समाधान गर्न पनि सरकारलाई दबाब दिए ।

‘चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ । चिया टिप्ने र त्यसका काम गर्ने श्रमिकहरूको रोजगारी गएको छ । उद्योगले बैकबाट लिएको लोनको ब्याज तिर्न सक्ने अवस्था छैन । बालबालिकाका शिक्षा, त्यहाँका मानिसहरूको रोजीरोटी त्यहीमा आश्रित छ । तर सरकार गम्भिर हुन सकिरहेको छैन,’ उनले भनेका छन् ।

सचेतक राईले चियाको गुणस्तर मापन सम्बन्धि ल्यावको आवश्यक व्यवस्था तत्काल गर्न पनि सरकारको ध्यानाकर्षंण पनि गराए ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön