एसियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न महरको माग

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

उनले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत संकलन गरिसकिएको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र खेलकुद क्षेत्रप्रति अन्याय हुने बताए ।

उनले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत संकलन गरिसकिएको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र खेलकुद क्षेत्रप्रति अन्याय हुने बताए ।

३ असार, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक महरले बजेट अभावका कारण महिला खेलाडीहरू सो प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुन लागेको समाचारप्रति चिन्ता व्यक्त गरे ।

सम्बोधनका क्रममा महरले प्रधानमन्त्रीको सामाजिक सञ्जाल (फेसबुक) को कभर फोटोमा महिला फुटबल टोलीको सामूहिक तस्वीर रहेको उल्लेख गर्दै उक्त सम्मानलाई व्यवहारमा उतार्न आग्रह गरे ।

प्रधानमन्त्रीले देखाएको विश्वास र सम्मान बजेट विनियोजनमार्फत प्रतिविम्बित हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्युको फेसबुक कभरमा महिला खेलाडीहरूको फोटो देखिनु सकारात्मक भए पनि त्यो केवल प्रचारका लागि मात्र नभई उनीहरूको खेल जीवनको विकास र सम्मानका लागि हुनुपर्छ ।’

महरले फुटबल प्रतियोगिताको टेलिभिजन प्रशारणमा लिइने अतिरिक्त शुल्कको विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २३औँ विश्वकप फुटबलसँग सम्बन्धित खेलहरू हेर्न नेपाली दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थालाई उनले ‘लुट’ को संज्ञा दिए ।

आम नेपाली फुटबल प्रेमीहरूले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा खेल हेर्न पाउने वातावरण निर्माण गर्न माग गरे ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön