कुवेत जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद ओलीको माग
३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य नेपाली महिलाहरूको अवस्था भयावह रहेको बताइन् । उनले कुवेतमा समस्यामा…
३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य नेपाली महिलाहरूको अवस्था भयावह रहेको बताइन् ।
उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई निकै प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै सोही क्रममा त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको कारुणिक अवस्था रहेको पनि बताइन् ।
आफूले सदनमा तीन पटकसम्म विषय उठाएको र नेपाली राजदूतावाससँगको निरन्तर समन्वयपछि शर्मिला दर्जीलाई स्वदेश फर्काउन सफल भएको उनले बताइन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →