बुद्धको देशबाट शान्तिको बिगुल फुकिदेऊ
रिसको मिसाइल बोकी हिँडिरहेको छु, सक्छौं भने ! शान्त बनाइदेऊ आक्रोशमा आई, केही कुकर्म गर्न सक्छु कि, बिन्ती छ ! गीताको सार सुनाइदेऊ क्रोध र अहंकारले जलिरहेको छु, आफ्नै सम्झी ! अमृत वाणीले ज्वाला निभाइदेऊ तिमीले लगाएको असली ऋणको सबै हर्जना तिर्नेछु, बिना धितो ! किस्तामा मिलाइदेऊ धन र पदका लागि लडिरहेको छु, गलत हुदाँ…
रिसको मिसाइल बोकी हिँडिरहेको छु, सक्छौं भने ! शान्त बनाइदेऊ आक्रोशमा आई, केही कुकर्म गर्न सक्छु कि, बिन्ती छ ! गीताको सार सुनाइदेऊ क्रोध र अहंकारले जलिरहेको छु, आफ्नै सम्झी ! अमृत वाणीले ज्वाला निभाइदेऊ तिमीले लगाएको असली ऋणको सबै हर्जना तिर्नेछु, बिना धितो ! किस्तामा मिलाइदेऊ
धन र पदका लागि लडिरहेको छु, गलत हुदाँ ! प्रतिष्ठाको भजन सुनाइदेऊ हार र जितको चित्कारले त्रसित छु, सक्छौं भने ! युद्ध विरामको घोषणा गरिदेऊ, बोलाइ, लेखाइ र गराइमा किन विफल हुँदैछु, सक्ने ले ! सफल हुने फर्मुला सिकाइदेउ, समस्याको घैंटो भित्र रुमल्लिरहेको छु, दया लाग्छ भने ! ढक्कन खोलिदेऊ
भूत र भविष्यको घटना सम्झी चिन्तित छु, क्षमता भय ! अध्यारो हटाइदेउ
हरेक दिन केही नयाँ हुने आशामा बाँचेको छु, ताकत भए ! लक्ष्य र गन्तव्य पहिल्याइदेऊ जिन्दगीको रङ्गमञ्चमा अभिनय गर्दैछु, जानेको भय ! सांसारिक मोह बुझाइदेऊ लोभ र पापले तिम्रो मनको सिमाना मिच्न सक्छु, आँट छ भने ! पर्खाल लगाइदेऊ
झुटको खेती अवस्था अनुसार गर्छु, तिम्रो इच्छा भए ! झुटको वर्गीकरण गरिदेऊ आफू असल बन्न अनावश्यक हर्कत गर्न सक्छु, नम्र बनी ! यथार्थ बुझाइदेऊ स्वर्ग र नर्कको दोबाटोमा हराइरहेको छु, मोक्ष हुने ! मन्त्र सुनाइदेऊ बुद्धको देशमा जन्मँदा गौरवान्वित छु, सबै नेपाली मिली ! विश्वमा शान्तिको बिगुल फुकिदेऊ
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →