रास्वपाको केन्द्रीय सदस्यमा उठ्न २१ हजार शुल्क

📌 Diğer 📰 Nepal 🕐 5 saat önce

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा उम्मेदवार बन्नेहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार शुल्क बुझाउनुपर्ने हुन्छ । अन्य पदाधिकारीहरू उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारलाई समान शुल्क ४१ हजार तोकिएको छ । केन्द्रीय सदस्यहरूको लागि २१ हजार शुल्क निर्धारण गरिएको छ । रास्वपाको विधान…

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा उम्मेदवार बन्नेहरूका लागि शुल्क निर्धारण गरेको छ ।

पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार शुल्क बुझाउनुपर्ने हुन्छ । अन्य पदाधिकारीहरू उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारलाई समान शुल्क ४१ हजार तोकिएको छ । केन्द्रीय सदस्यहरूको लागि २१ हजार शुल्क निर्धारण गरिएको छ ।

रास्वपाको विधान अनुसार एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, एक महिला सहित चार सहमहामन्त्री हुने व्यवस्था छ । कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता १/१ जना र र सह प्रवक्ता ३ जना मनोनित गर्ने व्यवस्था छ ।

विधान अनुसार ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।

रास्वपाले आगामी सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्न लागेको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön