चिया निर्यात समस्या समाधान गर्न सरकारले गम्भीर पहल गरिरहेको छ : कृषिमन्त्री

📌 Diğer 📰 Nepal 🕐 5 saat önce

३ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताएकी छन् । बुधबार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको बताइन् । विगत…

३ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताएकी छन् ।

बुधबार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको बताइन् ।

विगत ३ दिन यता इलामलगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफनो उद्योग बन्द गरेका छन । मन्त्री चौधरीले चियाको निर्यातमा सहजीकरण गर्न सरकार लागि परेको बताइन् ।

उनले भनिन्,‘विगतमा जस्तै चिया निर्यात सहजीकरण गर्न चिया उद्योगीहरुका समस्या समाधान गर्नका लागि मन्त्रालयको गम्भिर भएर पहल गरिराखेको छ । र यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गइराखेको जानकारी गराउन चाहन्छु ।’

मन्त्री चौधरीले सरकारले बनाएका योजनाहरू कार्यान्वयनमा सांसदहरूले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन् ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön