समस्याग्रस्त सहकारीका ऋणीबाट सवा करोड असुली

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

जेठ २०८३ मा १० हजारभन्दा कम बचत भएका ८ सहकारीका एक हजार ४ सय ५२ जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ ।

जेठ २०८३ मा १० हजारभन्दा कम बचत भएका ८ सहकारीका एक हजार ४ सय ५२ जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ ।

३ असार, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा १ करोड २० लाख रुपैयाँ कर्जा असुली गरी ५९ लाख बचत फिर्ता गरेको छ ।

जेठ २०८३ मा १० हजारभन्दा कम बचत भएका ८ सहकारीका एक हजार ४ सय ५२ जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ । समितिले सम्बन्धित सहकारीबाट असुली भएको रकमबाट साना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।

समितिले ५९ लाख ४ हजार बचत फिर्ता गरेको छ भने १ सय २२ जनाको ५१ लाख ५१ हजारको बचत मिलान गरिएको तथा १२ सहकारीका ऋणीबाट १ करोड २० लाख ४६ हजार ऋण रकम असुली गरेको कार्यालयले जनाएको छ ।

समितिले बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि २०८३ स्वीकृत गरी सोही बमोजिम काम सुरु भएको समस्याग्रस्त सहकारी संस्था पुन: संरचना तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरेको छ ।

सोही बमोजिम सहकारी संस्था व्यवस्थापनका लागि सार्वजनिक सूचना आह्वान भएको संस्थागत पुनर्संरचना गर्न समितिको कार्यालयमा कार्यरत कर्मचारीलाई नयाँ संगठनात्मक संरचना स्वीकृत गरी कर्मचारी पदस्थापन तथा जिम्मेवारी बाँडफाँट गरिएको कार्यालयले जनाएको छ ।

समस्याग्रस्त सहकारीका ऋणी पहिचान गरी रोक्का राख्ने साथै त्यस्ता ऋणीको तीनपुस्ते विवरण तयारी तथा सार्वजनिक गर्ने कार्य नियमित भइरहेको र बचत फिर्ताका लागि बाँकी करिब ४४ हजार मागदाबी निवेदन चरणबद्ध प्रमाणीकरणको काम भइरहेको कार्यालयले जनाएको छ ।

१० हजारभन्दा कम बचत भएका साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ सहकारीको बचत फिर्ता सम्पन्न भएको छ । सहकारीको फिर्ता दैनिक भइरहेको छ भने २ सहकारीको तेस्रो पक्षको जिम्मेवारीमा फिर्ता भएको रकम लगत संकलन भइरहेको कार्यालयले जनाएको छ ।

बाँकी सहकारीको मागदाबी प्रमाणीकरण कार्य भइरहेको, ४ बचतकर्ताको मागदाबी रुजु तथा संशोधन गर्न छुट्टै सहयोग कक्ष राखी सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

त्यसैगरी बचत अपचलनबाट जोडिएको समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, पूर्वसञ्चालक लगायतको सम्पत्ति खोजी गर्न रणनैतिक योजना सहित टोली परिचालन गरिएको कार्यालयले जनाएको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön