हेटौंडा कपडा उद्योग यसैवर्षदेखि सञ्चालनमा ल्याइने

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

३ असार, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग यसैसालबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीका अनुसार यस निम्ति सरकारले आवश्यक तयारी अगाडि बढाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी छन्, ‘रुग्ण उद्योगहरूमध्ये सबैभन्दा पहिले हेटौंडा कपडा उद्योग सबैभन्दा पवहला सञ्चालनमा आउँछ । कपडा उद्योगका लागि बुटवल धागो र कपास…

३ असार, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग यसैसालबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीका अनुसार यस निम्ति सरकारले आवश्यक तयारी अगाडि बढाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी छन्, ‘रुग्ण उद्योगहरूमध्ये सबैभन्दा पहिले हेटौंडा कपडा उद्योग सबैभन्दा पवहला सञ्चालनमा आउँछ । कपडा उद्योगका लागि बुटवल धागो र कपास खेती एकैचोटी तीन वटै यसै साल सञ्चालनमा ल्याउँछौं ।’

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको बुधबार जवाफ दिँदै मन्त्री कुमारीले यस्तो बताएकी हुन् । सातवटा सरकारी उद्योगहरूको सम्पत्ति र दायित्व मूल्यांकनको प्रक्रिया अघि बढेको पनि उनले जानकारी दिइन् ।

अर्थ मन्त्रालयमार्फत भइरहेको उक्त अध्ययनका आधारमा उपयुक्त मोडालिटी तयार गरी ती उद्योगहरूलाई सञ्चालनमा ल्याइने उनको भनाइ थियो ।

मन्त्री कुमारीकाअनुसार सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न कुल मागको ३ महिनाका लागि पुग्ने गरी भण्डारण क्षमता विस्तार गर्ने लक्ष्य छ । यसै सिलसिलामा सिलगुडी–चारआली र अमलेखगञ्ज–लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढेको तथा सर्लाहीमा भण्डारण स्थल निर्माणका लागि जग्गा व्यवस्थापन र प्राविधिक कार्य भइरहेको छ ।

औद्योगिक पूर्वाधार विकासतर्फ कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रमा पहुँच सडक स्तरोन्नति र प्लट व्यवस्थापनको काम भइरहेको तथा शक्तिखोर र मोतीपुर औद्योगिक क्षेत्रको निर्माणलाई तीव्रता दिइने मन्त्री गौरीले बताइन् ।

सुर्खेतमा सिमेन्ट उद्योगका लागि पहुँच सडक निर्माण र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । खनिज अन्वेषणका सन्दर्भमा दैलेखमा भइरहेको पेट्रोलियम परियोजनाको ड्रिलिङ कार्य सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त हुने चरणमा रहेको र चोखा लगायतका क्षेत्रमा प्राकृतिक ग्यासको सम्भाव्यता अध्ययन गरिने मन्त्रीले उल्लेख गरिन् ।

चिया र अलैँची जस्ता कृषि उपजको भण्डारणका लागि निजी क्षेत्रसँगको साझेदारीमा वेयर हाउस निर्माण गर्ने र साना तथा मझौला उद्योगका लागि सहुलियतपूर्ण विद्युत् महसुल निर्धारण गर्न पहल भइरहेको उनले जानकारी दिइन् ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön