‘मिस नेपाल २०२६’ को कार्यक्रम तालिका सार्वजनिक, कहिले के हुँदैछ ?

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

काठमाडौं । मिस नेपाल २०२६ को कार्यक्रम तालिका सार्वजनिक भएको छ । जसअनुसार, २३ जुनदेखि सुरु हुने कार्यक्रम १ अगस्टमा हुने फिनालेसँगै सम्पन्न हुनेछ । २३ जुनमा प्रतियोगी अंक वितरण (स्यास सेरेमोनी), २७ जुनमा स्पोर्ट्स कम्पिटिसन, ३ जुलाईमा ग्रीन समिट, ४ जुलाईमा स्विमसुट इभेन्ट, ११ जुलाईमा टप मोडल कम्पिटिसन, १३ जुलाईमा हेड टु हेड च्यालेन्ज…

काठमाडौं । मिस नेपाल २०२६ को कार्यक्रम तालिका सार्वजनिक भएको छ । जसअनुसार, २३ जुनदेखि सुरु हुने कार्यक्रम १ अगस्टमा हुने फिनालेसँगै सम्पन्न हुनेछ ।

२३ जुनमा प्रतियोगी अंक वितरण (स्यास सेरेमोनी), २७ जुनमा स्पोर्ट्स कम्पिटिसन, ३ जुलाईमा ग्रीन समिट, ४ जुलाईमा स्विमसुट इभेन्ट, ११ जुलाईमा टप मोडल कम्पिटिसन, १३ जुलाईमा हेड टु हेड च्यालेन्ज प्रतिस्पर्धा हुनेछ ।

स्यास सेरेमोनीमा अडिसनबाट छनोट भएका २४ जना फाइनलिस्ट घोषणा हुनेछन् । साथै, उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिने भएको छ ।

२९ जुलाईमा प्रिमिलनरी कम्पिटिसन र १ अगस्टमा फिनाले तय गरिएको छ । यसवर्ष मिस नेपालका सबै कार्यक्रम ललितपुरस्थित द प्लाजामा आयोजना हुनेछन् ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön