नेपालको राजनीतिक परिवर्तनलाई हेर्न सरकारको दृष्टिकोण के हो ?
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालको राजनीतिक परिवर्तनलाई हेर्न सरकारको दृष्टिकोणबारे जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । ‘सरकारले २००७ सालको जनआन्दोलनलाई हिंसात्मक अपराधिक गतिविधिको हिसाबले हेरेको छ कि कसरी हेरेको छ ?’ उनले सोधे, ‘२०४५/०४६ सालको आन्दोलनलाई सरकारले हिंसात्मक अपराधिक गतिविधिको दृष्टिकोणले हेरेको…
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालको राजनीतिक परिवर्तनलाई हेर्न सरकारको दृष्टिकोणबारे जवाफ मागेका छन् ।
‘सरकारले २००७ सालको जनआन्दोलनलाई हिंसात्मक अपराधिक गतिविधिको हिसाबले हेरेको छ कि कसरी हेरेको छ ?’ उनले सोधे, ‘२०४५/०४६ सालको आन्दोलनलाई सरकारले हिंसात्मक अपराधिक गतिविधिको दृष्टिकोणले हेरेको हो कि के हो ? त्यसैगरी १० वर्षे जनविद्रोह र २०६२/६३ को जनआन्दोलनलाई सरकारले कसरी हेरेको छ ? यो हिंसात्मक अपराधिक गतिविधि होकी एउटा परिवर्तनको लागि आन्दोलन हो ?’
‘चाहिँ हिजो अस्तिका विभिन्न आन्दोलन लगायत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकारले कसरी हेरेको छ ?’ राईको प्रश्न छ ।
प्रधानमन्त्रीलाई मानव अधिकार आयोगले जेनजी आन्दोलनबारेको प्रतिवेदन कार्यान्वयनको विषयमा पनि उनले सरकारको जवाफ खोजेका छन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →