न्यूनतम सेवा सुविधा नदिने देशका रोजगारदातालाई हाम्रा श्रमिक पठाउँदैनौं : श्रममन्त्री

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई न्यूनतम तलब, सम्मानजनक श्रम तथा अन्य सेवा सुविधा नदिने रोजगारदातालाई श्रमिक नपठाउने बताए ।

मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई न्यूनतम तलब, सम्मानजनक श्रम तथा अन्य सेवा सुविधा नदिने रोजगारदातालाई श्रमिक नपठाउने बताए ।

३ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले न्यूनतम सेवा सुविधा नदिने रोजगारदातालाई नेपाली श्रमिक नपठाउने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसद्हरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई न्यूनतम तलब, सम्मानजनक श्रम तथा अन्य सेवा सुविधा नदिने रोजगारदातालाई श्रमिक नपठाउने बताएका हुन् ।

उक्त विषय आफूले जेनेभामा भएको ११४औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन क्रममा अन्तर्राष्ट्रिय समुदायलाई प्रष्टसँग राखेको उनको भनाइ छ ।

‘गत हप्ता जेनेभा भ्रमण क्रममा मैले अन्तर्राष्ट्रिय समुदाय समक्ष आफ्नो कुरा दृढतासाथ राखेँ, जुन रोजगारदाताले हाम्रा श्रमिकलाई मर्यादित काम, न्यूनतम सेवा सुविधा तथा सम्झौता अनुसार काम दिन सक्दैनन्, ती रोजगारदाता जुनसुकै देशका भए पनि हामी श्रमिक पठाउँदैनौं,’ मन्त्री यादवले भने ।

मन्त्रालयले गन्तव्य मुलुकको भूमिका अत्यन्तै महत्त्वपूर्ण रूपमा लिएको बताए ।

रोजगारदाता र गन्तव्य मुलुकका सरकारसँग साझेदारी र समन्वय बढाउने उपाय खोजिरहेको उनले बताए । ‘गन्तव्य मुलुकका रोजगारदातालाई एकीकृत मोडेलमा आबद्ध गराउँदै छौं, ताकि उनीहरू हाम्रो दायराभित्र रहुन्,’ उनले भने ।

वैदेशिक रोजगारीको डिजिटलाइजेसन सम्बन्धी प्रतिवेदनमा काम अगाडि बढिसकेको र यसको कार्यान्वयन प्रक्रिया सुरु भइसकेको उनले बताए ।

२०६५ सालदेखि थन्किएका पुराना मुद्दाका फाइल व्यवस्थित गर्ने अभियानमा लागेको उनको भनाइ थियो । हालसम्म १० हजारभन्दा बढी फाइल डिजिटलाइज गरी वर्गीकरण गरिसकेको र असारभित्र १५ हजार मुद्दा टुंग्याउने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön