२२ लाख फिरौती मागेर चितवनबाट अपहरण, बालककै चलाखीले जोगियो ज्यान

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

परिचित व्यक्तिले गरेका अपहरणका घटनामा अधिकांश अपहरितको ज्यान लिने गरेको देखिन्छ । तर यो घटनामा फिरौती नबुझाउँदै अपहरित बालकले चलाखी गरी फालेको कागजको टुक्राका कारण तत्कालै उद्धार गर्न सम्भव भयो ।

परिचित व्यक्तिले गरेका अपहरणका घटनामा अधिकांश अपहरितको ज्यान लिने गरेको देखिन्छ । तर यो घटनामा फिरौती नबुझाउँदै अपहरित बालकले चलाखी गरी फालेको कागजको टुक्राका कारण तत्कालै उद्धार गर्न सम्भव भयो ।

३ असार, काठमाडौं । चितवनबाट अपहरणमा परेका एक १६ वर्षीय बालकको सकुशल उद्धार भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ असार बिहान १ बजे बालाजुको एक होटलबाट बालकको उद्धार गरेको हो ।

यो प्रकरणमा प्रहरीले पाँच जना भारतीयलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोषकुमार खड्काका अनुसार पक्राउ परेका भारतीयमाथि अनुसन्धान गर्दा फिरौती असुल्नकै लागि अपहरण भएको देखिन्छ ।

प्रहरीले अपहरण प्रकरणमा बिहार बेतियाका १८ वर्षीय सुजित कुमार, बेतियाका १८ वर्षकै गोलुकुमार सोनी, बिहारका बिक्की कुमार, मोहम्मद साहिद र अर्का गोलुकुमार गरी पाँच जनालाई पक्राउ गरेको हो ।

चितवनबाट बालक अपहरण गरेर काठमाडौं ल्याइएको हुनाले उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको अपराध अनुसन्धान कार्यालयले बताएको छ । पक्राउ परेका सबै जना र उद्धार गरिएका बालकलाई पनि चितवन पठाइएको छ ।

१ असार साँझ करिब साढे ६ बजेतिर चितवनको नारायणगढबाट ५/६ जनाको समूहले गुप्ता थरका एक नेपाली बालकलाई जबरजस्ती गाडीमा हालेर लगेको सूचना प्रहरीलाई प्राप्त भयो । त्यसपछि प्रहरीले अपरेसन गरेर उनीहरूलाई पक्राउ गरेको हो ।

नयाँ बसपार्कस्थित फेमिली होटलमा राखिएको अवस्थामा बालकको उद्धार गर्नुका साथै पाँच भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । यो होटलको व्यवस्थापन भने काठमाडौंमै बस्दै आएका भारतीय नागरिक विक्की पटेलले गरेका थिए । उनी पनि अहिले पक्राउ परेका छन् ।

अपहरणकारीले भारतीय गाडीको प्रयोग गरी अपहरण गरेको खुलेको छ । अपहरणको योजना बनाएपछि उनीहरू ३० जेठमा नेपाल प्रवेश गरेको देखिन्छ ।

६ दिनको भन्सार पास लिएर यो समूह बीआर२२ बीए६१३७ नम्बरको भारतीय नम्बर प्लेटको स्कोर्पियोमा वीरगञ्जबाट नेपाल प्रवेश गरेको पाइएको छ । वीरगञ्जबाट उनीहरू सोझै उक्त गाडीबाट चितवन पुगेका थिए ।

राति १० बजेतिर चितवन पुगेर सुजित कुमारको साथी सक्षम शर्माले उनीहरूलाई होटलको व्यवस्था गरिदिएका थिए । चितवनमा गुल्मेली होटल एन्ड लजको कोठा नम्बर २०३ दुई दिनका लागि बुकसमेत गरिएको थियो ।

यो स्कोर्पियो एमडी मुमताज आलमले चलाएर ल्याएको अपहरणकारीहरूले प्रहरीसमक्ष बताएका छन् । तर मुमताज भने फरार भएका छन् । चितवनमा बालक अपहरण गरेर यही स्कर्पियोमा हालेर काठमाडौं ल्याइएको थियो ।

मुमताजले कलंकीसम्म ल्याएर उनीहरूलाई छाडेर त्यहीँबाट फर्केका थिए । उनी उक्त गाडी लिएर भारत पुगिसेकेका अनुसन्धान अधिकारीको भनाइ छ ।

अपहरणको आरोपमा अहिले पक्राउ परेका सुजित कुमार र अपहरित बालकले चितवनमा सँगै अध्ययन गरेको पाइएको प्रहरीले बताएको छ ।

करिब दुई वर्षसँगै अध्ययन गरेपछि सुजित कुमार भारत गएको र त्यहाँ हुँदा पनि उनीहरूबीच सामाजिक सञ्जालमार्फत सम्पर्क भइरहने प्रहरीको भनाइ छ । अपहरणको योजना बनाएर चितवन आएपछि १ असारमा सुजित कु

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön