फोक्सोबिनै सास फेर्छ, टाउको काटिँदा पनि बाँच्न सक्छ : साङ्लाबारे अनौठा तथ्य
हामीमध्ये धेरै जना घरमा साङ्ला देख्दा या त डराउँछौं वा घिन मान्छौं । संसारभर साङ्लाका ४,६०० भन्दा बढी प्रजाति पाइन्छन्, जसमध्ये करिब ३० प्रजाति मात्र मानिसको बसोबास क्षेत्र वा घरमा भेटिन्छन् । के तपाईंलाई थाहा छ, यो सानो जीव कति शक्तिशाली छ ? यसले पृथ्वीमा भएका चारवटा ठूला महाविनाशहरू पार गरेको छ र परमाणु बमको…
हामीमध्ये धेरै जना घरमा साङ्ला देख्दा या त डराउँछौं वा घिन मान्छौं । संसारभर साङ्लाका ४,६०० भन्दा बढी प्रजाति पाइन्छन्, जसमध्ये करिब ३० प्रजाति मात्र मानिसको बसोबास क्षेत्र वा घरमा भेटिन्छन् ।
के तपाईंलाई थाहा छ, यो सानो जीव कति शक्तिशाली छ ? यसले पृथ्वीमा भएका चारवटा ठूला महाविनाशहरू पार गरेको छ र परमाणु बमको प्रभावसमेत सहन सकेको छ ।
साङ्लाको इतिहास डायनासोरभन्दा पनि पुरानो मानिन्छ । सन् १८६५ मा वैज्ञानिक स्यामुएल हबर्ड स्कडरले अमेरिकाका कोइला खानीमा साङ्लाका पखेटा फेला पारेका थिए, जुन करिब ३० करोड वर्ष पुराना थिए । त्यस समयमा ती पखेटाको लम्बाइ ४ देखि ७ सेन्टिमिटरसम्म हुने गर्थ्यो ।
पछि सन् २०१८ मा लन्डनको इम्पेरियल कलेजका वैज्ञानिकहरूले ३० करोड वर्ष पुरानो जीवाश्मको त्रिआयामिक (थ्रीडी) भर्चुअल मोडेल तयार पारे, जसबाट त्यतिबेलाको साङ्लाको वास्तविक शारीरिक संरचना बुझ्न मद्दत मिल्यो । त्यस्तै, सन् २०११ मा चीनमा पनि २७ करोड वर्ष पुराना जीवाश्म पखेटा फेला परेका थिए, जुन आजका साङ्लासँग निकै मिल्दोजुल्दो देखिन्थे ।
साङ्लाको सबैभन्दा ठूलो विशेषता भनेको यसको जीवित रहने अद्भूत क्षमता हो । यसले पृथ्वीमा भएका चार ठूला महाविनाशलाई समेत पार गरेको छ।
करिब ३६ करोड वर्षअघि समुद्रमा अक्सिजनको मात्रा अत्यन्त घट्दा करिब ७५ प्रतिशत प्रजाति नष्ट भए । तर साङ्ला भने बाँचे ।
करिब २५ करोड वर्षअघि साइबेरियामा विशाल ज्वालामुखी विस्फोट, अम्लीय वर्षा र वातावरणीय विनाशका कारण समुद्री जीवका ९५ प्रतिशत र स्थलचर जीवका ७० प्रतिशत प्रजाति नष्ट भए । तर साङ्ला भने दलदलमुनि लुकेर र सडेगलेका वस्तु खाएर बाँचे ।
करिब २० करोड वर्षअघि विशाल ज्वालामुखी गतिविधिका कारण करिब ८० प्रतिशत जीव लोप भए । तर साङ्ला फेरि पनि बाँच्न सफल भयो ।
करिब ६ करोड ६० लाख वर्षअघि पृथ्वीमा विशाल उल्कापिण्ड ठोक्किँदा डायनासोरको अन्त्य भयो । तर साङ्लाले आफूलाई सुरक्षित राख्न सफल भयो ।
साङ्लाको शरीर अन्य जीवभन्दा निकै फरक हुन्छ । यसको शरीर मुख्य रूपमा तीन भागमा विभाजित हुन्छ । टाउको, ढाड र पेट ।
यसमा दुईवटा आँखा हुन्छन्, जसले करिब ३६० डिग्रीसम्मको दृश्य हेर्न सक्छन् । साथै दुईवटा एन्टेना हुन्छन्, जसले सेन्सरको काम गर्छन् । मुख भने खाना खाने र पानी पिउने काममा प्रयोग हुन्छ ।
यस भागमा ६ वटा खुट्टा, ४ वटा पखेटा र एउटा मुटु हुन्छ । साङ्लाको मुटु १३ वटा कोठामा विभाजित हुन्छ ।
अझ रोचक कुरा के छ भने साङ्लामामा फोक्सो हुँदैन । यसले शरीरका छेउछाउमा रहेका साना प्वाल (स्पाइराकल) मार्फत सास फेर्छ । रगतमा हेमोग्लोबिन नहुने भएकाले यसको रगत रातो नभई सेतो वा पहेँलो रङको हुन्छ ।
साङ्लाको स्नायु प्रणाली केवल टाउकोमा सीमित हुँदैन । यसको शरीरका विभिन्न भागमा स्नायु केन्द्रहरू फैलिएका हुन्छन् । त्यसैले शरीरको कुनै भाग क्षतिग्रस्त भए पनि अन्य भागले काम गरिरहन्छन् । टाउको काटिएपछि घाउको भाग तुरुन्त बन्द हुने भएकाले रगत बाहिर बग्दैन । तर मुख नहुँदा यसले पानी पिउन सक्दैन र केही सातापछि तिर्खाका कारण मर्छ ।
साङ्ला संसारको लगभग जुनसुकै
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →