तिलोत्तमाको नीति तथा कार्यक्रम : सुशासन सिकाइ केन्द्रदेखि मलामीलाई निःशुल्क बस सेवा

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खाँणले आफ्नै सिटी कलेजमा फार्मेसी र नर्सिङ पढाइदेखि स्थानीय घाटसम्म निःशुल्क मलामी बस, सुलभ ल्याब सेवा, महिलामैत्री हाटबजार र सुलभ एग्रोभेट पसल सञ्चालनसम्मका कार्यक्रम अघि सारेको छ । नीति तथा कार्यक्रममा तिलोत्तमालाई ‘सुशासन सिकाइ केन्द्र’ का रूपमा विकास गर्ने घोषणा समेत गरिएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खाँणले आफ्नै सिटी कलेजमा फार्मेसी र नर्सिङ पढाइदेखि स्थानीय घाटसम्म निःशुल्क मलामी बस, सुलभ ल्याब सेवा, महिलामैत्री हाटबजार र सुलभ एग्रोभेट पसल सञ्चालनसम्मका कार्यक्रम अघि सारेको छ । नीति तथा कार्यक्रममा तिलोत्तमालाई ‘सुशासन सिकाइ केन्द्र’ का रूपमा विकास गर्ने घोषणा समेत गरिएको छ।

३ असार, बुटवल । तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाको २१औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य ,कृषि तथा पशुपालन, पूर्वाधार विकास, सुशासन र डिजिटल सेवा, पर्यटन र वातावरण, महिला, युवा र उद्यमशीलता, रोजगार, सिप तथा उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी वर्षलाई ‘शिक्षा, स्वास्थ्य र अवसरको वर्ष’ घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि गर्न डिजिटल एपमार्फत कृषि परामर्श, माटो परीक्षण, मौसम पूर्वानुमान र रोग पहिचान सेवा विस्तार गरिने उल्लेख छ । किसानलाई कृषक सेवा कार्डका आधारमा मल, बिउ, सिँचाइ तथा पशुपालनमा अनुदान दिने व्यवस्था गरिने भएको छ भने दूध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ।

किसानको उत्पादनको सुरक्षित भण्डारण र बजारीकरणका लागि एकीकृत सङ्कलन केन्द्र स्थापना गरिने, प्रमुख अन्नबाली न्यूनतम समर्थन मूल्यमा खरिद गरिने तथा प्रत्येक स्थानीय हाटबजारमा किसानका लागि निःशुल्क स्टल उपलब्ध गराइने नीति लिइएको छ । पशु स्वास्थ्य सेवालाई घरदैलोमा पुर्‍याउन पशु चिकित्सक र प्राविधिक परिचालन गरिने तथा सार्वजनिक–निजी साझेदारीमा सुलभ एग्रोभेट पसल सञ्चालन गरिने भएको छ।

पर्यटन प्रवर्द्धनतर्फ ‘भिजिट लुम्बिनी, स्टे तिलोत्तमा’ अभियान सञ्चालन गरिने भएको छ। शंकरनगर वन विहारको बहुउद्देश्यीय भ्यू टावर सञ्चालनमा ल्याइने, कुञ्ज पार्कलाई लेजर लाइटसहितको रात्रिकालीन उद्यानका रूपमा विकास गरिने र सेमरीस्थित सखिया थारू होमस्टेलाई पर्यटनसँग जोड्ने कार्यक्रम ल्याइएको छ। बाउन्नकोटी वन क्षेत्रको नन्दभाउजू ताल संरक्षण, मोक्षधाम पूर्वाधार विकास तथा कृषि पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि समेटिएका छन्।

महिला उद्यमशीलता प्रवद्र्धनका लागि सिमानगरमा महिलामैत्री हाटबजार सञ्चालनमा ल्याइने भएको छ। महिला उद्यमीका उत्पादन बिक्रीका लागि सम्झना बाल उद्यानमा बिक्री केन्द्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने तथा एकल महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई सिपमूलक तालिममार्फत स्वरोजगारमा जोडिने नीति लिइएको छ।

पूर्वाधार विकासतर्फ नगरपालिकाले आगामी वर्षलाई ‘सडक मर्मत वर्ष’ घोषणा गरेको छ। रणनीतिक महत्त्वका सडकहरूको स्तरोन्नति र मर्मत अभियान सञ्चालन गरिने भएको छ। वडा नम्बर ४, ५, ६, ७, ९, १३, १४ र १५ जोड्ने ऐतिहासिक पुरानो सडकलाई बहुवर्षीय गौरवको आयोजनाका रूपमा अघि बढाइनेछ। म

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön