किसानलाई मलको व्यवस्था गर्न सरकारसँग रास्वपा सांसद खनालको माग

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

२ असार, काठमाडौं । रास्वपा सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले किसानले मलको अभावबारे व्यहोर्नपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन् । ‘मल उपलब्ध नहुँदा उत्पादनमा कमी आउने, किसानको लागत बढने तथा खाद्य सुरक्षामा नै असर पर्न जाने अवस्था सृजना भएको छ…

२ असार, काठमाडौं । रास्वपा सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले किसानले मलको अभावबारे व्यहोर्नपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

‘मल उपलब्ध नहुँदा उत्पादनमा कमी आउने, किसानको लागत बढने तथा खाद्य सुरक्षामा नै असर पर्न जाने अवस्था सृजना भएको छ । त्यर्सैले सभामुख महोदयमार्फत गोर्खा जिल्ला लगायत सबै ठाउँमा मलको आपूर्ति सुनिश्चित गरियोस्,’ उनले भनिन् ।

खेतीको समयमा किसानले मलको अभाव व्यहोर्दा पनि सरकारले उक्त समस्या समाधानका लागि चासो दिन नसकेको उनको गुनासो थियो ।

सांसद खनालले रसायनिक मलको वितरण पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराइन् ।

‘किसानहरू खेतीपातीको महत्वपूर्ण समयमा रसायनिक मलको अभावले दिनरातै छटपटाइरहेका छन् । उहाँहरूको समस्या कसले बुझिदिने ?,’ उनले भनिन्, ‘नेपालमा हाल ६० देखि ९१ प्रतिशत श्रम शक्ति कृषि क्षेत्रमा रहेको विभिन्न तथ्यांकहरूले देखाउँदछ । यस्तो अवस्थामा धान रोपाईंको मुख्य समयमा किसानले मल नपाउनु निकै दुखद विषय हो ।’

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön