जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका एक जना थुनुवा पक्राउ
३ असार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४गते केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक जना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–९ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ३८ वर्षीय टेकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङ संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिदविक्री मुद्दामा…
३ असार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४गते केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक जना थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–९ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ३८ वर्षीय टेकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङ संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिदविक्री मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान गरिइका थिए ।
पक्राउपछि उनलाई केन्द्रीय कारागारामै बुझाइएको प्रहरीले जनाएको छ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →