डोल्पामा गुडिरहेको ट्याक्टरबाट खसेर एक जना घाइते

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

३ असार, डोल्पा । डोल्पामा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा त्रिपुराकोट नगरपालिका-२ रुमका २७ वर्षीय निखिल थापा रहेका छन् । खदाङबाट तारजाली बोकेर त्रिपुराकोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-०५६६ त ००१ नम्बरको ट्याक्टरबाट खसेर उनी घाइते भएका हुन् । प्रहरीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका-९ धाउन्नेस्थित भेरीकरिडोर सडकखण्डमा बुधबार राति १…

३ असार, डोल्पा । डोल्पामा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा त्रिपुराकोट नगरपालिका-२ रुमका २७ वर्षीय निखिल थापा रहेका छन् ।

खदाङबाट तारजाली बोकेर त्रिपुराकोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-०५६६ त ००१ नम्बरको ट्याक्टरबाट खसेर उनी घाइते भएका हुन् ।

प्रहरीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका-९ धाउन्नेस्थित भेरीकरिडोर सडकखण्डमा बुधबार राति १ बजे ट्याक्टरबाट खसेर घाइते भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

थापा निदाएका कारण सन्तुलन गुमाएर एक्कासि ट्याक्टरबाट खसेको हुन सक्ने प्रहरीको भनाइ छ ।

ट्याक्टर चालक त्रिपुरासुन्दरी नगरपालिका-२ रुमका २९ वर्षीय नरेन्द्र थापालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön