रविलाई ब्रिफिङ– तपेश्वर यादव मधेशमा सानो ‘उपेन्द्र’ बन्न खोजे

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

प्रदेश सभापति यादवले जातीय राजनीतिलाई प्रश्रय दिएको समेत सांसदहरूले बताएका थिए । तर यादव भने आजको छलफलमा सहभागी भएका थिएनन् ।

प्रदेश सभापति यादवले जातीय राजनीतिलाई प्रश्रय दिएको समेत सांसदहरूले बताएका थिए । तर यादव भने आजको छलफलमा सहभागी भएका थिएनन् ।

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश अधिवेशन हुन नसकेको मधेसका सांसदहरूसँग छलफल गरेका छन् ।

बुधबार विहान मधेसका रास्वपा सांसदहरूलाई बोलाएर मधेशमा अधिवेशनमा हुन नसक्नुका कारणहरूबारे सभापति लामिछानेले सांसदहरूसँग छलफल गरेका हुन् । छलफलमा सहभागी एक सांसदका अनुसार, मधेशका सभापति तपेश्वर यादवले संगठनमा मनलाग्दी गरेको गुनासो गरेका थिए ।

ती सांसदले भने, ‘तपेश्वर यादव मधेशको सानो उपेन्द्र यादव हुन लागेको भनेर उनको बारेमा गुनासो आएको थियो ।’

प्रदेश सभापति यादवले जातीय राजनीतिलाई प्रश्रय दिएको समेत सांसदहरूले बताएका थिए । प्रदेश सभापति एवं सांसद रहेका यादव भने आजको छलफलमा सहभागी भएका थिएनन् ।

मधेशका जिल्ला र प्रदेश समितिको अधिवेशन हुन नसक्नुमा सदस्यता वितरणको विधि उपयुक्त नहुँदा समस्या आएको सांसदहरूले सभापति लामिछानेलाई जानकारी गराएका थिए । अनलाइनबाट सदस्यता वितरण मधेशको सन्दर्भमा उपयुक्त नहुने धारणा सांसदहरूले राखेका थिए ।

छलफलमा सहभागी सांसदले भने, ‘अनलाइन सदस्यता भर्न नसक्ने व्यक्तिहरूको अरु कुनैले सदस्यता भरिदिएको छ । संगठन कब्जा गर्ने नियतले अरू अरू व्यक्तिको सदस्यता भरिदिने गरिएको छ ।’

चुनावअघि बनेका सदस्य र नयाँ आएका सदस्यबीचको आन्तरिक समस्या समेत सभापतिलाई सुनाएको ती सांसदले जानकारी गराए । चुनावको बेला प्रचार प्रसार समिति बनाउँदा खटिएका व्यक्ति भन्दा नयाँ नयाँ अनुहारहरू ‘सदस्य हुँ’ भन्दै संगठन कब्जा गर्ने प्रवृत्ति देखिएको उनले बताए ।

निर्वाचनको बेला प्रचार समिति बनाएका व्यक्तिहरूलाई समितिमा राख्नुको सट्टा नयाँ नयाँ अनुहारहरू ल्याउँदा पुरानो र नयाँ सदस्यबीचमा विवाद उत्पन्न भएको विषयलाई सांसदहरूले सभापति लामिछानेलाई सुनाएका थिए ।

मधेशका आठ जिल्ला मध्ये पर्सामा मात्रै अधिवेशन सकिएको छ । अन्य जिल्लामा अधिवेशन प्रक्रिया सुरु भएपनि नेतृत्व चयन नगरि स्थगित गरिएको छ ।

सभापति लामिछानेले मधेसका जिल्लाहरूमा अधिवेशन गराउन केन्द्रीय महाधिवेशन आफैं जाने जानकारी गराएका थिए । सभापति लामिछानेको बोली उद्धृत गर्दै छलफलमा सहभागी सांसदले भने, ‘सबै जिल्लामा म आउँछु । सर्वसम्मत नेतृत्व चयन गर्नुपर्दछ ।’

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön