‘यही हो मेरो सम्पत्ति विवरण’
संविधान, न्यायिक मूल्यमान्यता र कानूनविपरीत आयोग गठन भएको दृष्टिकोण अघि सार्दै न्यायाधीश खतिवडाले आयोगमा सम्पत्ति विवरण बुझाउन इन्कार गरेका हुन्।
संविधान, न्यायिक मूल्यमान्यता र कानूनविपरीत आयोग गठन भएको दृष्टिकोण अघि सार्दै न्यायाधीश खतिवडाले आयोगमा सम्पत्ति विवरण बुझाउन इन्कार गरेका हुन्।
२ असार, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सम्पत्ति जाँचबुझ आयोगमा सम्पत्ति विवरण पेस गर्न अस्वीकार गरी अनलाइनखबरमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै उनले आफ्नो सम्पत्ति विवरण सञ्चारमाध्यम (अनलाइनखबर) बाटै सार्वजनिक गर्ने घोषणा गरेका छन्।
पासपोर्ट: सरकारी पदाधिकारीको हैसियतले विदेश जाने सिलसिलामा सुरुमा नीलो (सरकारी) पासपोर्ट लिइयो। २०६२ सालपछि पदीय हैसियतले विदेश जाँदा रातो (कूटनीतिक) पासपोर्ट प्रयोग गरियो। यसबिच साधारण पासपोर्ट पनि लिइएको थियो। त्यस्ता अरू सबै पुराना पासपोर्टहरूमा तोकिएको म्याद अहिले बाँकी छैन। म्याद बाँकी रहेको “एउटा साधारण पासपोर्ट” मात्र मसँग छ।
१. त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसबाट २०३५–२०३८ समूहमा नियमित विद्यार्थीका रूपमा अध्ययन गरी कानून विषयक स्नातक तह (LL.B.) को उपाधि हासिल गरेको।
२. त्रिभुवन विश्वविद्यालयबाट २०४२ सालमा राजनीतिशास्त्र (Political Science) विषयमा स्नातकोत्तर (M.A.) उपाधि हासिल गरेको।
३. पञ्जाब विश्वविद्यालय (चण्डीगढ, भारत) बाट सन् १९९२ मा कानून विषयक स्नातकोत्तर (LL.M.) उपाधि हासिल गरेको।
स्थायी ठेगाना: प्रदेश: कोशी, जिल्ला: सुनसरी, नगरपालिका: इनरुवा, वडा नं. ५, टोल: बलाहा।
(द्रष्टव्य: अहिले यस ठाउँमा मेरो कुनै घर छैन। नागरिकताको प्रमाणपत्रमा यही ठेगाना उल्लेख भएको, हालसम्म बसाइँसराइको प्रक्रिया पनि पूरा गर्न बाँकी नै रहेको र त्यस ठाउँमा घर नभए पनि केही जग्गा रहेको हुँदा यसैलाई स्थायी ठेगाना भनी उल्लेख गरिएको हो।)
हालको ठेगाना: प्रदेश: बागमती, जिल्ला: काठमाडौँ, नगरपालिका: काठमाडौँ म.पा., वडा नं. ४, टोल: टुँडालदेवी, बाटोको नाम: अर्धचक्र मार्ग।
(१) मेरी माता नर्मदादेवी खतिवडा मेरो बाल्यकालमै अर्थात् २०२६ सालमा नै स्वर्गीय भइसक्नुभएको छ।
(२) मेरा पिता तोयानाथ खतिवडाले पनि २०६० सालमा नै महाप्रस्थान गर्नुभएको थियो।
(३) हाम्रा माता-पिताका अहिले हामी ५ जना छोराहरू जीवित छौँ। हामी दाजुभाइहरूबिच करिब ४५ वर्षअगाडि २०३६/०३७ सालमा नै विधिवत् रूपमा अंशबन्डा लिखत रजिस्ट्रेसन पारित भई सगोल परिवारबाट भिन्न भइसकेका थियौँ। कान्छो भाइ पुरुषोत्तमको देहावसान भएपछि २०४८/०४९ सालको आसपासमा केही आन्तरिक घरायसी व्यवस्थापन मिलाइएको थियो। पिताजीले महाप्रस्थान गर्नुभएपछि अर्को चरणको व्यवहार मिलाइयो। हामी ५ जना दाजुभाइ छुट्टिई अलग-अलग रहेका छौँ।
(४) प्रभा खतिवडा मेरी पत्नी हुन्। उनी पेसाले गृहिणी हुन्। हामी दम्पतीसहित छोराबुहारी का.म.न.पा.–४, विशालनगर (टुँडालदेवी) स्थित निजी निवासमा बसोबास गर्दै आएका छौँ।
(५) हाम्रो एक मात्र छोरा अपूर्व खतिवडा त्रि.वि.वि. अन्तर्गत नेपाल ल क्याम्पसमा प्राध्यापन पेसा र स्वतन्त्र कानून व्यवसायीका रूपमा कानून व्यवसायमा संलग्न छ। अपूर्वले बेलायतस्थित विश्वविख्य
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →