रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?
रक्तदान गर्नु असाध्यै राम्रो काम हो, यसले धेरैको ज्यान बचाउन सहयोग पुगिरहेको हुन्छ । हाम्रो शरीरमा रगत बन्ने र नष्ट हुने क्रम चलिरहन्छ उसै पनि बनेको १२० दिनभित्र रगत आफैं नष्ट हुन्छ । यसरी तष्ट भएर जाने रगत दान गर्दा केही फरक पर्दैन । रक्तदान गरेपछि कमजोरी हुन्छ कि भनेर धेरैलाई चिन्ता हुन्छ । कहिलेकाहीँ…
रक्तदान गर्नु असाध्यै राम्रो काम हो, यसले धेरैको ज्यान बचाउन सहयोग पुगिरहेको हुन्छ । हाम्रो शरीरमा रगत बन्ने र नष्ट हुने क्रम चलिरहन्छ उसै पनि बनेको १२० दिनभित्र रगत आफैं नष्ट हुन्छ । यसरी तष्ट भएर जाने रगत दान गर्दा केही फरक पर्दैन ।
रक्तदान गरेपछि कमजोरी हुन्छ कि भनेर धेरैलाई चिन्ता हुन्छ । कहिलेकाहीँ रक्तदान गरेपछि चक्कर लाग्ने र कमजोरी हुने पनि हुन सक्छ तर त्यो धेरै समय रहँदैन । रक्तदान गरेपछि के खाँदा रगत छिटो पूर्ति हुन्छ र पहिलेजस्तै ताजा महसुसु हुन्छ भन्नेबारेमा पनि धेरैलाई चासो हुनेगर्छ।
रक्तदानपछि हाम्रो शरीरमा आइरनको कमी हुन सक्छ त्यसैले आहारमा आइरन पुनःपूर्ति गर्न मद्दत गर्ने खानेकुराहरू समावेश गर्नु महत्त्वपूर्ण छ । फलफूल र भिटामिन सी युक्त खानेकुराहरूले पनि चाँडै ताजा महसुस गर्न मद्दत गर्छ ।
रक्तदान गरेपछि शरीरमा आइरनको कमी हुन्छ । त्यसकारण, यो कमीलाई पूरा गर्नु महत्त्वपूर्ण छ किनभने आइरनले हेमोग्लोबिन बनाउन मद्दत गर्छ, जसले शरीरका विभिन्न भागहरूमा अक्सिजन पुर्याउँछ।
रक्तदान गरेपछि पालुङ्गो, मेथी, तोरीलगायतका हरियो तरकारीहरू खानुपर्छ । यी आइरनको राम्रो स्रोत हुन् । यिनले आइरनको कमीलाई छिट्टै पूरा गर्न मद्दत गर्न सक्छ ।
दाल, सिमी, गेडागुडीमा फलाम र प्रोटिन दुवै प्रशस्त हुन्छ । तिनीहरूले शरीरलाई नयाँ रक्त कोषहरू उत्पादन गर्न मद्दत गर्छन्।
किसमिस, खजुर, नेभारा र सुकेको खुर्पानी आदिमा प्रशस्त मात्रामा फलाम हुन्छ । खाजामा यिनीहरूलाई समावेश गर्दा राम्रो हुन्छ ।
अनारमा फलाम, भिटामिन र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा हुन्छन् । रक्तदान पछि अनार खाँदा रगतको कमी पूरा गर्न मद्दत गर्न सक्छ।
सुन्तला, अमला, कागती वा मौसम जस्ता फलफूल खानुपर्छ । भिटामिन सीले खानामा भएको आइरनलाई शरीरमा सजिलै सोस्न मद्दत गर्छ ।
रक्तदान गरेपछि तुरुन्तै भारी व्यायाम गर्नुहुँदैन । कम्तीमा २४ घण्टा कडा खालको श्रम गर्नुहुँदैन । यदि चक्कर लाग्ने वा कमजोर महसुस हुन्छ भने, बसेर पानी तुरुन्तै पानी तथा झोल कुरा पिउनुपर्छ ।
२४ घण्टासम्म मदिरा तथा धुम्रपान गर्नु हुँदैन। धेरै कडा कफी वा चिया तुरुन्तै नखाँदा राम्रो हुन्छ, यसले आइरन सोस्न बाधा पुर्याउँछ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →