अभिभावकविहीन ५७ बालबालिकालाई सम्मान

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

३ असार, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका ५७ जना अभिभावकविहीन बालबालिकालाई सम्मान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख अभिभावकविहीन बालबालिका सम्मान कार्यक्रम’मार्फत ती बालबालिकालाई सम्मान गरेको हो । सम्मानित बालबालिकालाई एक जोर पोसाक, झोला तथा पाँच सय रुपैयाँ नगद पनि उपलब्ध गराइएको उपप्रमुख मिश्रा आचार्यले बताइन् । उनले अभिभावक गुमाएका बालबालिकाले जीवनमा धेरै चुनौतीको…

३ असार, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका ५७ जना अभिभावकविहीन बालबालिकालाई सम्मान गरेको छ ।

नगरपालिकाले ‘उपप्रमुख अभिभावकविहीन बालबालिका सम्मान कार्यक्रम’मार्फत ती बालबालिकालाई सम्मान गरेको हो ।

सम्मानित बालबालिकालाई एक जोर पोसाक, झोला तथा पाँच सय रुपैयाँ नगद पनि उपलब्ध गराइएको उपप्रमुख मिश्रा आचार्यले बताइन् ।

उनले अभिभावक गुमाएका बालबालिकाले जीवनमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताउँदै त्यसमा स्थानीय सरकारले सानै भएपनि सहानुभूति र हौसलाको अनुभूति दिलाउन सम्मानको कार्यक्रम राखिएको बताइन् ।

‘उनीहरूलाई सरकार पनि हाम्रो साथमा छ भन्ने अनुभूति होस् । थोरै भएपनि आत्मविश्वास र आशा मिलोस् भन्ने अभिप्रायले यो कार्यक्रम राखेका हौँ,’ उनले भनिन् । अभिभावकविहीन बालबालिकाका प्रति राज्यको अझ दायित्व बढ्ने उनले बताइन् ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön